बिमस्टेक शिखर सम्मेलन : भीभीआईपीका श्रीमतीलाई समेत बुलेटप्रूफ गाडी



 

 

भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलनमा सहभागी हुने सदस्य देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखका लागि सरकारले १२ वटा बुलेटप्रूफ गाडी भाडामा लिएको छ ।

 

शिखर सम्मेलनमा सहभागी हुने भीभीआईपीका लागि सरकारले भारतबाट १२ वटा बुलेटप्रूफ गाडी भाडामा लिएको हो । बुलेटप्रूफ गाडी भाडामा लिन अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई २ करोड निकासा दिएको थियो ।

 

 भीभीआईपीका श्रीमतीलाई समेत बुलेटप्रुफ गाडी 

 

अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमस्टेकको चौथो सम्मेलन आयोजना गर्न लागेको हो । काठमाडौंमा हुने सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलंकन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् ।

 

सम्मेलनमा सहभागी हुने नेपाल बाहेकका ६ देशका राष्ट्रप्रमुखसहित दोस्रो वरीयतामा रहने भीआईपीलाई पनि बुलेटप्रूफ गाडी उपलब्ध गराइने गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए ।

 

‘सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुख र उहाँपछिको दोस्रो वरीयतामा रहने श्रीमान्/श्रीमती वा अन्य व्यक्तिलाई पनि बुलेटप्रूफ गाडी उपलब्ध गराइने छ,’ उपसचिव अधिकारीले लोकान्तरसँग भने, ‘कारकेडसहित १ देशको प्रतिनिधिमण्डललाई अन्य १२ देखि १५ वटा गाडी उपलब्ध गराइने छ ।’

 

सम्मेलनमा एक देशबाट १२ देखि १५ जनासम्मको प्रतिनिधिमण्डल सहभागी हुने नेपाल सरकारको अपेक्षा छ ।

सोहीअनुसार गृहमन्त्री नेतृत्वको ‘सुरक्षा समन्वय तथा परिवहन व्यवस्थापन समिति’ले २०० वटा सवारीसाधनको व्यवस्थापन गरेको छ ।

गृह मन्त्रालयका उपसचिव अधिकारीका अनुसार सबै गाडीको सुरक्षा अवस्था, गाडीहरूको कन्डिसन परीक्षण भइसकेको छ ।

 

‘सेना र सुरक्षा निकायका प्राविधिकहरूले बिमस्टेक सम्मेलनमा सहभागी हुने भीभीआईपी र भीआईपीका लागि व्यवस्थापन गरिएका गाडीको परीक्षण गरिसकेका छन्,’ गृह मन्त्रालयका सूचना अधिकारी समेत रहेका अधिकारीले लोकान्तरसँग भने, ‘सम्मेलनका लागि आवश्यक पर्ने सबै प्रकारका सवारीसाधन तयारी अवस्थामा राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा