फोहोर बोकेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु ,ओखरपौवामा तनाव, काठमाडौंको फोहोर उठ्न बन्द



 

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको छ ।

फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि स्थानीयले गाडी रोकेर अवरोध गरेका हुन् ।

प्रहरीले स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ ।

स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने सवारी दुवैतर्फ रोकिएका छन् ।

ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर रातउले दुई पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको जनाएको छ ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।

उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा