गाईजात्रा विशेषः रन्किए देउवा, देखेर पनि सोध्ने हो ? ठीकै छु त । 



 

 नेपाली काँग्रेसलाई लोकतान्त्रिक पार्टी भनिन्छ । नेपालको राजनीतिमा अहिले स्थायित्वमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस । अहिलेसम्मका राजनीतिक परिवर्तनका लागि नेतृत्व गरेको पार्टी काँग्रेस ।

काँग्रेसको लोकतान्त्रिक र समाजवादको नीतिको बखान गरेर सकिन्न । स्वतन्त्रताको बखान गरेर सकिन्न । पार्टीलाई लोकतान्त्रिक भनेर नथाक्ने नेताहरुले आफू भने लोकतान्त्रिक बन्न नसकेको गुनासो आइरहन्छ ।

यसै सन्दर्भमा गाईजात्रा विशेषमा काँग्रेस सभापति शेरबहादुर देउवासंग एक जना पत्रकारको जम्काभेट हुन्छ । अनि सुरु हुन्छ अन्तर्वार्ता –
पत्रकार– तपाईलाई स्वागत छ ।
देउवा– धन्यबाद, भनेर भन्दे’खीलाई ।

पत्रकार– सन्चै छ ?
देउवा – देखेर पनि सोध्ने हो ? ठीकै छु त ।

पत्रकार– उपचार गरेर विदेशबाट फर्कनु भएको छ । सोध्न परेन त ?
देउवा– भनेर भन्देखी विदेशै गएर उपचार गरेपछि ठीक भैहाल्छ नि ।

पत्रकार – उपचारै गराउन जानु भा हो त ?
देउवा – विदेशमा राजनीति गर्न गएको भनेर कसैले पत्याउँछ ?

पत्रकार – तपाई त नेपालको पुरानो दलको सभापति । पत्याइहाल्लान् नि ।
देउवा – देख्नु त भा’छ । भनेर भन्देखी पत्याइराछन् त ।

पत्रकार – चुनावमा त हावा खायो नि पार्टीले ?
देउवा – हावा खायो कि पानी खायो । भोकै त बसेन नि । भनेर भन्देखीलाई अरु पार्टी मिलेपछि एक्लै सकिन्छ त ?

पत्रकार – नसकेर भयो त ? तपाई त लोकतान्त्रिक पार्टीको प्रमुख पो त ।
देउवा – जित हार त भैहाल्छ नि । त्यही विषयलाई कोट्याएर बसिरहने ?

पत्रकार – हारको समीक्षा त गर्न हुन्छ होला नि ?
देउवा – समीक्षा पत्रकारले गर्ने हो र ? हामीले गरिसक्यौं नि भनेर भन्देखीलाई ।

पत्रकार – काँग्रेस त पत्रकारितालाई सम्मान गर्छ नि हैन र ?
देउवा – विवादमा ल्याउन खोज्ने ? पत्रकारितालाई काँग्रेसले सधै सम्मान गरेकै छ नि । गर्छ नि भनेर सोध्ने हो ?

पत्रकार – अनि पत्रकारसंग किन रिसाउनु हुन्छ नि ?
देउवा – पत्रकारितालाई सम्मान गर्छ भनेको हो पत्रकारलाई भनेको हो र ? पत्रकारलाई सम्मान गरेर साध्य चल्छ ? आफ्नो काम गर्नु नि खुरुखुरु ।

पत्रकार – पार्टी लोकतान्त्रिक भन्ने अनि जनतालाई सम्मान नगर्ने ?
देउवा –पार्टी लोकतान्त्रिक भन्या हो । नेता लोकतान्त्रिक हुन्छन् भन्या हैन । मेरा अग्रजले यही सिकाए । म फेरि हाम्रा अग्रजलाई बिर्सने ?

पत्रकार – त्यही भएरै हो त तपाईले सरकारलाई अधिनायकवाद भयो भन्ने अनि पार्टी नेतृत्वमा आफै अधिनायकवाद लाद्न खोज्ने ?
देउवा – तपाई बढी बोल्दै हुनुहुन्छ । मैले अधिनायकवाद लगाएँ । म सभापति भएपछि मेरो पार्टीमा अधिकार चल्दैन ? मैले निर्णय गर्न नपाउने ? हरुवाहरुका मात्र कुरा मैले सुन्नु पर्छ ? के मैले राजनीति अरुका लागि गर्दिएको हो ? भनेर भन्देखिन्लाई तपाईले नियोजित प्रश्न गर्दै हुनुहुन्छ ।

पत्रकार –प्रश्न सोध्नै नहुने भयो त नेताज्यू ?
देउवा – अहिलेसम्म मसंग देउडा खेल्नु भएको थियो ?

पत्रकार – पार्टीलाई अब कता लैजानु हुन्छ ?
देउवा – विक्री हुन्छ र विदेशतिर बेच्नलाई । यहीं छ कतै लैजान्न ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा