कृष्ण ढकालका हत्यारा एक महिनासम्म फेला परेनन्, मोबाइल नबोक्दा प्रहरीलाई सकस



 

कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेका वेला प्रदेश १ को इटहरीमा पनि एउटा परिवार न्याय खोज्दै भौंतारिरहेको छ ।

गत साउन ९ गते कुटपिटपछि हत्या गरिएका ३२ वर्षीय कृष्ण ढकालको परिवार न्याय खोज्दै इलाका प्रहरी कार्यालय, इटहरीमा एक महिनादेखि धाइरहेको छ । तर, अहिलेसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिहरुसम्म पुग्ने ‘सुराक’ हात पार्न सकेको छैन ।

पीडित परिवारले हत्यामा संलग्न भएको दाबी गर्दै सुनसरीको इटहरी–१० बस्ने ३५ वर्षीय सुवास चौधरी, २५ वर्षीय विजय थापा, ३४ वर्षीय प्रकाश ढकाल लगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।

हत्या गरिएका कृष्ण ढकालका भाइ सागरका अनुसार उनीहरुले कृष्णलाई घेरा हालेर कुटपिट गरी गम्भीर घाइते बनाएर भागेका थिए ।

‘स्थानीयले घाइते दाजुलाई देखेपछि उपचारका लागि त्यहीँको मेडिकल हुँदै तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्‍याएका रहेछन्’, मृतककका भाइ भन्छन् ‘तर, हामीले त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरिसकेका थिए ।’

उनले घटना भएको एक महिनाविति सक्दासमेत प्रहरीबाट आफूहरुले अभियुक्त चाँडै पक्राउ पर्ने आवश्सन मात्रै पाएको गुनासो गरे ।

‘हामीले प्रहरीमा दबाब दिइरहेका छौं । खोजी जारी छ भन्ने कुरा आउँछ’, उनले अनलाइनखबरसँग भने, ‘तर, अहिलेसम्म केही भएको छैन ।’

अभियुक्तले मोबाइल नबोकेकाले ढिला भयोः प्रहरी

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी शिवकुमार श्रेष्ठ भने घटनामा संलग्नहरु ‘आइडन्टिफाइड’ भइसकेको बताउँदै खोजी कार्य तीब्र रहेको बताउँछन् ।

घटनाको विषयमा अनुसन्धान गरिरहेका एक कनिष्ठ अधिकारी भने अभियुक्तहरुले मोबाइल नबोकेका कारण समस्या भएको बताउँछन् ।

प्रहरीले अभियुक्तहरुको परिवार र आफन्त रहेका सबै ठाउँमा खोजतलास गरिसकेको उनी बताउँछन् ।

‘उनीहरुले मोबाइल नबोकेकाले ट्रेस गर्न सकिएन’, ती अधिकारी भन्छन्, ‘तर, अन्य विभिन्न पाटोबाट उनीहरु समक्ष पुग्ने हाम्रो कोशिस जारी छ ।’

स्रोतका अनुसार हाल इटहरी प्रहरीले उनीहरु भागेर भारततिर पुगेको आशंका गरेको छ । प्रहरीका अनुसार मृतक ढकाल र अभियुक्तहरु सबै छिमेकी हुन् ।

‘मदिरा सेवन गरेर भएको विवादका क्रममा कुटपिट हुँदा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, ती अधिकारी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा