तराई मधेसलाई हेर्ने दृष्टिकोणमा स्पष्ट नभए नेकपासँग एकता हुँदैन : त्रिपाठी



 

प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिई विजयी बनेको हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच एकता ढिलाइ हुँदै गएको छ । निर्वाचन सकिएको सात महिना पुगिसक्दा पनि त्रिपाठी समूहको नेकपासँग विभिन्न चरणमा छलफल भइरहेको छ । सांसद त्रिपाठीले नेकपासँग सात÷आठपटक छलफल हुँदा पनि एकताको विषयमा सहमति हुन नसकेको बताए ।

 

प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट त्रिपाठी निर्वाचित भएका थिए । उनकै समूहका बृजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित भएका थिए । स्वतन्त्र समूहबाट प्रदेश सभातर्पm तीनजना निर्वाचित भए । जसमध्ये धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु–२ ‘ख’, दीर्घनारायण पाण्डेय कपिलवस्तु–२ ‘क’ र अजय शाही नवलपरासी पश्चिम–१ ‘ख’बाट निर्वाचित भएका थिए । पाण्डेय भने यसअघि नै नेकपामा प्रवेश गरिसकेका छन् । उनीहरूले राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र समूह गठन गरेका थिए ।

 

 यस्तो छ त्रिपाठीको विगत
त्रिपाठी वामपन्थी विचारबाट प्रभावित भई राजनीतिमा होमिएका थिए । राजनीतिमा लाग्दै गएपछि स्वर्गीय गजेन्द्रनारायण सिंहले नेतृत्व गरेको सद्भावना पार्टी प्रवेश गरे । सद्भावनाबाट २०४८, २०५१ र २०५६ सालमा लगातार सांसद निर्वाचित भए । मधेस आन्दोलनपछि तराई–मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका उनी पहिलो संविधानसभामा निर्वाचित भए । त्रिपाठी ०५४ सालमा वनमन्त्री, दोस्रो जनआन्दोलनलगत्तै बनेको सरकारका उद्योग वाणिज्य तथा आपूर्ति र ०६९ सालमा भौतिकमन्त्री गरी तीनपटक मन्त्री भइसकेका छन् ।

 

प्रतिनिधिसभा सांसद बृजेशकुमार गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका हुन् । उनी ०५६ सालमा राप्रापाबाट सांसद निर्वाचित भएका थिए । मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरे । सोही पार्टीबाट पहिलो संविधानसभा र दोस्रो सविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भए । उनी ०६१ सालमा भौतिकमन्त्री र ०६९ सालमा कानुनमन्त्री बने । त्रिपाठी समूहमा विभिन्न पूर्वमन्त्री, सांसदसहित एउटा पार्टीजत्तिकै संख्या रहेको छ ।

 

 त्रिपाठी समूहसँग एकता गर्न कुनै समस्या छैन : महासचिव पौडेल
नेकपा महासचिव विष्णु पौडेलले त्रिपाठी समूहसँग एकता गर्न कुनै समस्या नभएको बताए । ‘पछि पार्टी एकता गर्नेगरी सूर्य चिह्ज लिई त्रिपाठी समूह निर्वाचनमा गएको हो,’ उनले भने, ‘एकता गर्न उहाँहरूसँग कुनै समस्या छैन, ढिलोचाँडो एकता हुन्छ ।’ नमिलेका विषयमा आपसी छलफलबाट टुंगो लगाइने पौडेलले बताए ।

 

तराई मधेसलाई हेर्ने दृष्टिकोणमा स्पष्ट नभए एकता हुँदैन : त्रिपाठी
हृदयेश त्रिपाठी समूहले समग्र तराई मधेसलाई हेर्ने दृष्टिकोणमा स्पष्ट नभए नेकपामा प्रवेश नगर्ने अडान लिएको छ । तराई मधेसलाई हेर्ने दृष्टिकोणमा एक किसिमको समझदारी भए पार्टी प्रवेश गर्न कुनै समस्या नभएको त्रिपाठीको भनाइ छ ।

 

अहिले तत्कालीन एमाले र माओवादी केन्द्र एक भई नेकपा भएको छ । ‘एमालेको झापा विद्रोहबाट आएको इतिहास छ, माओवादी १० वर्षे जनयुद्धबाट लडेर आएको इतिहास छ,’ त्रिपाठीले भने, ‘तत्कालीन एमाले माओवादीजस्तै विभिन्न किसिमका लोकतान्त्रिक आन्दोलनसँगै मधेस विद्रोहमा हाम्रो आफ्नै इतिहास छ ।’नयाँपत्रिकाबाट

 

मधेस र मधेसी जनतालाई हेर्ने दृष्टिकोणमा समझदारी हुनेबित्तिकै पार्टी एकता हुने उनले बताए । मधेस आन्दोलन पनि एक युगान्तकारी आन्दोलन भएकाले त्यस समयमा भएका सम्झौताको विषयमा एक किसिमको सहमति हुनुपर्ने त्रिपाठीको भनाइ छ । ‘म आफैँ पटक–पटक सांसद र मन्त्री भइसकेको मान्छे हुँ,’ उनले भने, ‘पार्टी प्रवेशका लागि पद कारण नभई अरू सैद्धान्तिक विषयले रोकियो ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा