निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने



हाम्रो इकोनोमि

१० भदौ, कञ्चनपुर । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् ।

कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।

केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।

आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...