प्रधानमन्त्रीको सन्देश लिएर निर्मलाको घर पुगे सांसद



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको घरमा आइतवार प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर तीन सांसद पुगेका छन् । वास्तविक दोषी पत्ता लगाई कडा कारबाही गर्न प्रधानमन्त्री दृढ रहेको सन्देश अभिभावक र स्थानीय माझ ती सांसदले राखे ।

सांसद दिपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा पुगेर प्रधानमन्त्री केपी ओलीले दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको सन्देश सुनाएका हुन् । कन्चनपुर घटनाका सम्बन्धमा प्रधानमन्त्री भेट्न गएका सांसद सन्देश लिएर कन्चनपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएको सांसदत्रयले उल्लेख गरे । प्रधानमन्त्रीकै सन्देश लिएर भेट्न पुगेका उनीहरुले दोषी पहिचान गरि कारबाही हुनेमा विश्वस्त हुन अभिभावक र स्थानीयलाई आग्रह गरे ।

बलात्कारपछि बालिका हत्याको घटनापछि वास्तविक दोषी पक्राउ नगरेको भन्दै कन्चनपुर केहीदिन यता तनाबग्रस्त बनेको छ । दोषि कारबाहीका लागि प्रधानमन्त्री नै गम्भीर भएकाले कुनै अशान्ति हुन नदिन उनीहरुले आग्रह गरे ।

पन्तको घरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहपनि भेट्न पुगेका थिए । उनले प्रदेश सरकारका तर्फबाट पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाई जनही ५ लाख दिने निर्णय गरेको जनाए ।
सांसदत्रय प्रहरीको गोलीवाट मृत्यु भएका खुनाको घरमा पनि भेट्न जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...