किन टेरेनन मुख्यमन्त्री राउतलाई कर्मचारीले, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर दुईको सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा दिएको सार्वजनिक विदालाई प्रदेशभित्रका अधिकांश कार्यालयहरुले वेवास्ता गरेका छन ।

 

जिल्लाको प्रमुख कार्यालयको रुपमा रहेका जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेको हो । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको मातहतमा रहेकोले गृह मन्त्रालयको परिपत्रको अधारमा मात्रै विदा मान्ने सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताएकाछन् ।

 

प्रदेशको विदामा जिल्ला प्रशासन बन्द नहुने उहाले प्रष्ट पार्नु भयो । निजी तथा सरकारी वितिय संस्थाले पनि प्रदेशको विदा मानेका छैनन् । सिरहा सदरमुकाममा रहेका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल बैंक लि।, एनआईसि एशिया बैंकहरु राष्ट्र बैंकको निर्देशन अनुसार मात्र विदा मान्ने जनाइरहेका छन् ।

 

प्रदेशको विदाको बढी प्रभाव सरकारी गैरसरकारी विधालय, यातायात व्यवस्था कार्यालय तथा स्थानीय तहका कार्यालयहरुमा मात्र देखिएको छ । बाँकी कार्यालयहरु समान्य जस्तै खुल्ला हुने गरेका छन् । प्रदेश सरकारले गर्ने विदाको विषयमा कार्यालयहरु बीच नै अन्यौलता देखिनु अझैपनि संघियता कार्यान्यवनमा चुनौती रहेको जानकारहरु बताउछन् ।

प्रदेश भित्रका सबै कार्यालय र संस्थानले प्रदेश सरकारको निर्देशन मान्नु पर्नेमा अझैपनि संघीय सरकार कै निर्देशन चल्नु संघियतालाई कमजोर बनाउने नीती मात्र भएको कानुनविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...