किन टेरेनन मुख्यमन्त्री राउतलाई कर्मचारीले, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर दुईको सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा दिएको सार्वजनिक विदालाई प्रदेशभित्रका अधिकांश कार्यालयहरुले वेवास्ता गरेका छन ।

 

जिल्लाको प्रमुख कार्यालयको रुपमा रहेका जिल्ला प्रशासन कार्यालयहरुले नै प्रदेश सरकारले गरेको विदाको वेवास्ता गरेको हो । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको मातहतमा रहेकोले गृह मन्त्रालयको परिपत्रको अधारमा मात्रै विदा मान्ने सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताएकाछन् ।

 

प्रदेशको विदामा जिल्ला प्रशासन बन्द नहुने उहाले प्रष्ट पार्नु भयो । निजी तथा सरकारी वितिय संस्थाले पनि प्रदेशको विदा मानेका छैनन् । सिरहा सदरमुकाममा रहेका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल बैंक लि।, एनआईसि एशिया बैंकहरु राष्ट्र बैंकको निर्देशन अनुसार मात्र विदा मान्ने जनाइरहेका छन् ।

 

प्रदेशको विदाको बढी प्रभाव सरकारी गैरसरकारी विधालय, यातायात व्यवस्था कार्यालय तथा स्थानीय तहका कार्यालयहरुमा मात्र देखिएको छ । बाँकी कार्यालयहरु समान्य जस्तै खुल्ला हुने गरेका छन् । प्रदेश सरकारले गर्ने विदाको विषयमा कार्यालयहरु बीच नै अन्यौलता देखिनु अझैपनि संघियता कार्यान्यवनमा चुनौती रहेको जानकारहरु बताउछन् ।

प्रदेश भित्रका सबै कार्यालय र संस्थानले प्रदेश सरकारको निर्देशन मान्नु पर्नेमा अझैपनि संघीय सरकार कै निर्देशन चल्नु संघियतालाई कमजोर बनाउने नीती मात्र भएको कानुनविदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...