खड्गबहादुर विश्वकर्मालाई फेरि ३ दिन थुनामा राख्न अनुमति



हाम्रो इकोनोमि

 

 नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई  आइतबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।

गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।

विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...