राजधानीको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ



 

राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘१८ वर्षीय साजन बोहराले शौचालय गएको बखत जबर्जस्ती करणी गरेको बालिकाको बयानबाट खुलेको छ’ महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले भने, ‘साजनलाई शनिवार साँझ  नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

बेला–बेला उक्त खाजा घरमा जाने गरेका साजन र बालिकाको बीचमा सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ वर्षीय दल बहादुर वि.क पक्राउ परेका छन् । शुक्रवार विकलाई नियन्त्रणमा लिईएको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा