राजधानीको नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ



हाम्रो इकोनोमि

 

राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘१८ वर्षीय साजन बोहराले शौचालय गएको बखत जबर्जस्ती करणी गरेको बालिकाको बयानबाट खुलेको छ’ महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले भने, ‘साजनलाई शनिवार साँझ  नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

बेला–बेला उक्त खाजा घरमा जाने गरेका साजन र बालिकाको बीचमा सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ वर्षीय दल बहादुर वि.क पक्राउ परेका छन् । शुक्रवार विकलाई नियन्त्रणमा लिईएको प्रहरी प्रधान कार्यालय केन्द्रिय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...