अंगिरसिंह ठगुन्नाको हत्या आरोपमा ४ जना पक्राउ



हाम्रो इकोनोमि

 

भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।

 

मार्मा गाउँपालिका १ का धर्मसिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले भने घटनाको गहिरो अनुसन्धान भइरहेको बताउदै केही व्यक्तिसंग सोधपुछ भइरहेको बताएको छ ।

 

सोधपुछ तथा अनुसन्धानका क्रममा रहेकोले घटनासम्बन्धी अन्य विवरण भने प्रहरीले बताएको छैन । अनुसन्धानका क्रममा भएकाले सबै कुराहरु भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बाहेराले जानकारी दिए ।

 

ठगुन्नाको शङ्कास्पद मृत्यु भएको ६ दिनपछि अनुसन्धानको लागि प्रहरीले सोधपुछ गर्न भन्दै ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । प्रहरीले सोधपुछका लागि समातेकामध्ये गणेश र देवकी श्रीमान् श्रीमती हुन् भने करन दुवैजनाका भतिजा पर्दछन् । समातिएका अर्का व्यक्ति धर्मसिह धामी स्थानीय बाख्रा व्यवसायीसमेत रहेको स्थानीयले बताएका छन् । घटनाको पृष्ठभूमि र घटनास्थलको अवस्थाका आधारमा प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले स्रोतको भनाइ छ ।

 

शङ्कास्पद मृत्युको बारेमा अनुसन्धान चलिरहेको र अनुसन्धानका क्रममा रहेका सबै कुरा सार्वजनिक गर्न नमिल्ने निमित्त प्रहरी प्रमुख बोहराको भनाइ छ । भदौ ४ गते राति पैसाको लोभमा अंगिरसिंह ठगुन्नाको हत्या भएको आशंका गरिएको छ । मृतकको घरभित्रको दराजमा साढे ९ लाख रुपैयाँ फेला परेको छ । धनगढीमा जमिन किन्नका लागि ठगुन्नाले रकम संकलन गरेको आफन्तजनले बताएका छन् ।

 

आफ्नै घरभित्र मृत फेला परेका ठगुन्नाको टाउकोमा धारिलो हतियारका घाउसमेत भेटिएका थिए । भदौ ५ गते विहानै इलाका प्रहरी कार्यालय लटिनाथ र गोकुलेश्वर तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...