बिमिस्टेक सम्मेलन, सेनाको नेतृत्वमा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने यस्तो छ सरकारको तयारी



 

भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

सुरक्षाकर्मीको परिचालनदेखि खतराको मूल्याङ्कन गर्ने जिम्मा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले पाएको छ । जो सेनाको नेतृत्वमा छ ।

बिमिस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरमा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुने छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।

गृह मन्त्रालय स्रोतका अनुसार बिमिस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

सेनाको गस्ती शुरू

बिमिस्टेक शिखर सम्मेलन हुने मितिभन्दा एक हप्ता अगाडिदेखि नेपाली सेनाले राजधानीमा गस्ती शुरू गरेको छ । सेनाले शिखर सम्मेलन हुने सोल्टी होटेल, रात्री भोज हुने होटेल हायात तथा पशुपतिनाथ क्षेत्रमा गस्ती गरिरहेको छ ।

यस्तै राजधानीका भीडभाड हुने मुख्य क्षेत्र र चोकमा पनि सेनाले गस्ती बढाएको छ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरको सूचनाअनुसार ‘खतरापूर्ण स्थान’को मूल्याङ्कन गरी सेनासहित अन्य सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका छन्  ।

राजधानी छिर्ने नाकामा विशेष निगरानी

बिमिस्टेक सम्मेलनलाई लक्षित गरी प्रहरीले राजधानी भित्रिने नाकामा विशेष निगरानी बढाएको छ ।

प्रहरीले राजधानी भित्रिने मूख्य नाका नागढुङ्गासहित साँखु, जगाती, बालाजु, दक्षिणकाली र टोखामा सादा पोशाकका सुरक्षाकर्मीसहित विशेष निगरानी बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

राजधानी आसपासका शहरमा गुप्तचर परिचालन

बिमिस्टेक सम्मेलनलाई लक्षित गरी राजधानी आसपासका ठूलादेखि साना शहरहरुमा समेत गुप्तचर परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सम्भावित सुरक्षा चुनौतीको पूर्वमूल्याङ्कन गरी सूचना संकलनका लागि गुप्तचर निकाय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयका उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

राजधानी आसपाका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत जिल्लाका सानादेखि ठूला बजारमा गुप्तचर परिचालन गरी सूचना संकलन भइरहेको गृह मन्त्रालयका अधिकारीले बताए ।

यस्तै भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती शहर र राजधानी छिर्ने सडक छेउका बजारमा पनि निगरानी बढाइएको गृह स्रोतको भनाइ छ ।

गुप्तचर निकाय अनुसन्धान विभागले चितवन, हेटौंडा, बुटवल लगायत शहरमा पनि निगरानी बढाएको छ ।

केही देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्ने कार्यक्रम समेत रहेकाले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

होटेलका गेस्टको तथ्याङ्क सुरक्षा निकायमा

प्रहरीले राजधानीका होटेलमा पनि विशेष निगरानी बढाएको छ । राजधानीका तारेदेखि स–सना होटेलसम्मलाई प्रहरीले निगरानीमा राखेको छ ।

प्रहरीले शनिवार (९ गते)देखि राजधानीका सबै होटेलमा पुगेर होटेलमा आउने गेस्ट (अतिथि)हरूको सम्पूर्ण विवरण जुनसुकै बेला पनि उपलब्ध गराउनुपर्ने भन्दै सर्कुलर जारी गरेको  लोकान्तरले जनाएको छ।

होटेलमा बस्न आउने सबै ग्राहकको फोटोसहितका परिचयपत्र साथमा राखेर मात्रै बस्न दिन प्रहरीले होटेल व्यवसायीलाई सर्कुलर जारी गरेको छ । होटेलमा कुनै शंकास्पद व्यक्ति आएमा तुरुन्त खबर गर्न भनेर हटलाइनको व्यवस्था समेत गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा