४० घण्टापछि सन्नी खुनाको महाकालीमा अन्त्येष्टी, रुदै बाबुले भने यस्तो कसैलाई नपरोस



हाम्रो इकोनोमि

 

शुक्रबार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ ।

भीमदत्त नगरपालिका ९ ब्रम्हदेब महाकाली नदीमा धार्मिक परम्परा अनुसार खुनाको अन्त्येष्टी गरिएको हो ।

सरकारले शनिबार खुनालाई शहिद घोषणा गरेपछि परिवारले शव बुझेर महाकाली अञ्चल अस्पतालबाट घाटमा लगेका थिए । गत शुक्रबार करिब साँझ ५ बजे ट्राफिक चोक क्षेत्रमा गोली लागेका खुनाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा एक घण्टापछि मृत्यु भएको थियो । खुनाको खुट्टा र छातीमा गोली लागेको थियो ।

 

प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, बेदकोटका मेयर अशोक कुमार चन्दले मृतक खुनाको पार्थिक शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर मौन धारणा गरेका थिए । खुनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । नेपाल प्रहरीले ‘शहिद शोक सलामी’ अपर्ण गरेको छ । प्रहरीले शोक सलामी दिएको हो । महेन्द्रनगरमा कफ्र्युका कारण अन्तिम संस्कारमा आफन्त, भीमदत्त नगरका कर्मचारी, पदाधिकारी र केही स्थानीय मात्रै सहभागी थिए ।

 

मृतक खुनाका बाबु बीर खुना भीमदत्त नगरपालिकाका कर्मचारी हुन् । खुना परिवारलाई भीमदत्त नगरले ३ लाख राहत दिने घोषणा गरेको थियो । बिहीबार प्रहरीले चलाएको गोली लागेर घाईते भएका भीमदत्त नगर–४ का अर्जुन भण्डारा र शुक्रबार गोली लागेर घाईते भएका भीमदत्त नगर–१ भाँसीका उमेश देउवाको काठमाडौंमा उपचार भईरहेको छ ।

स्थानीय प्रशासनले शुक्रबार राती ८ बजेदेखि लगाएको कर्फ्यु रक्षाबन्धन र जनैपुर्णिमाको दिन बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको थियो । पुनः १० बजेदेखि कर्फ्यु जारी छ ।

 

मजदुरी गरेको पैशा ठेकेदारसंग माग्न जाँदा गोली खाएर ढले सन्नी
भीमदत्त नगरपालिका १८ सालघारीका सन्नी खुना र उमेश खुना दाजुभाईका छोरा हुन् । उनीहरु दाजुभाई मात्र नभई दौतरी जस्तै भएर संगै काम गर्ने, खाने, सुत्ने र घुम्नेगर्दथे । उनीहरु दुवै दाजुभाईलाई सुजित बङगाली ठेकेदारले मार्बल लगाउने काम गराएका थिए ।

झण्डै डेढ महिना अघि कञ्चनपुरका विभिन्न स्थानमा मार्बल लगाउने काम गरे वापत ठेकेदारसँग सन्नीको ५ र उमेशको ३ हजार रुपैंया लिनुपर्ने रहेछ ।

 

‘९ साउन शुक्रबार बिहान पानी परेको थियो, पानी रोकिएपछि हामी ठेकेदारसँग पैसा माग्न महेन्द्रनगर बजार गयौं । ठेकेदार नभेटिएपछि हामी बजार घुम्दै थियौं । चम्मनचोकदेखि आन्दोलन ट्राफिक भएतर्फ गयो ।’ दाई उमेश खुनाले भने, ‘सन्नी र म संगै आन्दोलन हेर्न गयौं । ट्राफिक चोकका ढुङगामुढा भईरहेको थियो । एकै छिनमा ट्राफिक कार्यालयको छतबाट प्रहरीले गोली चलायो । म भागेर पुनः ठेकेदार बस्ने ठाँउमा पुगे । सन्नीपनि भाग्यो भन्ने सोचें, तर उ त गोली लागेर ढलिसकेको रहेछ ।’

खुनाकी आमा मायाको १० बर्ष अघि मृत्यु भएको थियो । खुनाको मृत्युपछि उनको घर परिवार, आफन्त छरछिमेकी गाउँले शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...