१५ दिनपछि माधव नेपाल मन्त्रीलाई लिएर फेरि बौद्ध–साँखु सडकमा, केहि भएन सुधार



हाम्रो इकोनोमि

 

नेकपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल पुन सडक अनुगमनमा गएका छन् ।

यसअघि ठेकेदारलाई १५ दिनको अल्टिमेटम दिएका नेकपाका नेता नेपाल यातायात मन्त्री रघुवीर महासेठलाईसँगै लिएर पुनः सडक अनुगमनमा निस्किएका हुन् । यसअघि नेता नेपाल २४ साउनमा काठमाडौंको बौद्ध, जोरपाटी–साँखु सडकको अनुगमनमा गएका थिए ।

त्यस क्रममा निर्माणको जिम्मा पाएका ठेकेदारले भनेका थिए,‘अब हजुर १५ दिनपछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’

विहान आठ बजे अनुगमनमा पुगेका माधव नेपालको टोलीले स्थानीयसँग भलाकुसारी गरेका थिए । उनीहरुले पहिलेको अनुगमनपछि सडक सुधार भएकोमा खुसी व्यक्त गरे । त्यस क्रममा नेता नेपालले १५ दिनपछि पुन अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साँखु सडक खण्ड माधव नेपालको निर्वाचन क्षेत्रमा पर्छ ।

सडक अनुगमनमा गएका मन्त्री महासेठले सडकको अवस्था पहिलाको भन्दा सुधार भएको बताए । पहिला भन्दा धेरै सुधार भएको छ, एक दुई दिनमा थप सुधार हुन्छ’ महासेठले भने,‘सडक विभागलाई १२ गतेभित्रको समयसीमा दिएका थियौं त्यसभित्र खाल्डा पुर्ने काम सकिनेछ ।’लोकान्तरले जनाएको छ ।

मन्त्री महासेठले सडक कालोपत्रेको काम भने तत्काल नहुने बताए । वर्षाका कारण सडक कालोपत्रेको काम तत्काल नहुने उनको भनाइ छ । ‘कालोपत्रेको काम भने असोज र कात्तिकमा गर्ने प्रयास गर्छौं’ मन्त्री महासेठले भने ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...