देउवाले भने अपराधीलाई लुकाएर निर्दोषलाई दोषी देखाइयो



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै अपराधिलाई लुकाएर निर्दोषलार्इ  दोषि देखाउनु राज्यको अपराध भएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटनामा राज्यले नै यस्तो व्यवहार देखाएको भन्दै नागरिकले कोसँग न्यायको अपेक्षा गर्ने भन्ने प्रश्न गरे ।

कञ्चनु्परमा भएको निर्मला पन्तको हत्या प्रतिनिधि घटना मात्रै भएको र देशका विभिन्न स्थानबाट यस्ता घटनाको विवरण आइरहेको भन्दै उनले सबैले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाधान खोज्न आग्रह गरे ।

निर्मला पन्तको वास्तविक हत्यारालार्इ पत्तालार्इ कारवाहीको माग गर्दा प्रहरीको गोली लागी शन्नी खुनान मृत्यु हुनु दुखद भएको भन्दै उनले उचित छानविनको माग गरे । ‘न्यायको माग गर्दै आन्दोलन गर्दा सरकारले नै गोली जनतालाई गोली हानि हत्या गरेपछि जनताले कोसँग आशा गर्ने हो ?’ उनले प्रश्न गरे ।

 

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...