आदेश नमानेको भन्दै प्रदेश २ को सरकारले राष्ट्र बैंकमा लगायो ताला



हाम्रो इकोनोमि

 

 प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका हुन्।

 

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए । उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुनसुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानूनी उपचार समेत खोजिने बताए।

भदौ १ गते लागु भएको देवानी कार्यविधी संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको भएपनि यो कानूनी प्रावधानलाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरुले उल्लंघन गरेकोले बाध्य रुपमा प्रदेश सरकार कानून कार्यान्वयन गराएको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...