राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि



हाम्रो इकोनोमि

बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्तिम विदाइ गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो ।

सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा लामा तामाङले राष्ट्रिय झण्डा ओढाएर विदाइ गरेका हुन् ।

त्यस क्रममा प्रहरीको एक टुकडीले सन्नी खुनालाई शोक सलामी पनि दिएको थियो । सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए ।

त्यसैगरी अन्त्येष्टिका क्रममा मानवअधिकारकर्मी, महिला र सयौँको संख्यामा स्थानीय सर्वसाधरण पनि उपस्थित भएका थिए । संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकष्मिक बैठकले सन्नीलाई शहिद घोषणा गरेको थियो । त्यही अनुसार सन्नीलाई प्रहरीले शोक सलामी दिएको हो ।

शनिबारको मन्त्रिपरिषद्को बैठकले सन्नीका परिवार र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

भदौ ५ देखि सुरु भएको प्रदर्शनले हिंस्रक रुप लिँदा सन्नीको गत शुक्रबार महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गएको थियो । त्यसक्रममा अर्का किशोर चेतन भट्ट पनि गोली लागेर गम्भीर घाइते भएका थिए ।

बालिका निर्मला पन्तको गत साउन १० गते साथीको घरमा गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो । प्रहरीले त्यस घटनामा मानसिक सन्तुलन गुमाएका दिलीपसिंह विष्टलाई पक्राउ गरेपछि महेन्द्रनगरबासी आन्दोलित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...