कांग्रेसले तोक्यो महासमिति बैठक, मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।  शनिबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो ।

केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले काठमाडौंमा महासमिति गर्ने तय भएको बताए । यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबार मात्रै ११ सदस्सयीय विधान समिति बनाएर संयोजकमा आफ्नै गुटका नेता तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएका थिए । तर सो समिति सहमती भएभन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमी राखेका थिए ।

जसका कारण हिजो शुक्रबारका लागि डाकिएको केन्द्रिय समिति बैठक विवाद भए पछि बस्दै नबसि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...