कांग्रेसले तोक्यो महासमिति बैठक, मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।  शनिबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो ।

केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले काठमाडौंमा महासमिति गर्ने तय भएको बताए । यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबार मात्रै ११ सदस्सयीय विधान समिति बनाएर संयोजकमा आफ्नै गुटका नेता तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएका थिए । तर सो समिति सहमती भएभन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमी राखेका थिए ।

जसका कारण हिजो शुक्रबारका लागि डाकिएको केन्द्रिय समिति बैठक विवाद भए पछि बस्दै नबसि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...