एसपी विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयको निर्देशन



गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।

१३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

डीएसपी सेटी र मुद्दा फाँटका खड्कालाई भने हेडक्वाटर बोलाएर घटनाबारे सोधपुछ गरिने भएको छ ।

निर्मला पन्त हत्याकाण्ड सर्वपक्षीय बैठकले गर्‍यो यस्ता सनसनीपूर्ण निर्णय, आन्दोलन रोकिने देखियो संकेत

कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध÷आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।

बैठकले तत्कालन विरोध बन्द गरी घटनाका विषयमा गृहमन्त्रालयको उच्चस्तरीय छानबिन टोलीलाई अनुसन्धान गर्नमा सहज वातावरण बनाइदिन हुन नागरिक समाज, व्यापारी, व्यवसायी, विभिन्न महिला तथा मानवअधिकारकर्मीलगायत सबैमा अपिल गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

सर्वपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले आन्दोलनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्तनगरपालिका–१८ का किशोर सनी खुनालाई शहीद घोषणा गर्न र मृतक खुनाका परिवारलाई उचित क्षतिपूर्ति दिन सङ्घीय, प्रदेश नं ७ र स्थानीय नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी बैठकले निर्मला हत्याकाण्डपछि भएका आन्दोलनका क्रममा घाइते भएकाको उपचार र शारीरिकरुपमा अशक्त भई कठिनाइ भएकाको जीविकोपार्जनका लागिसमेत सरकारसँग माग गर्ने निर्णय भएको उनले बताए ।

बैठकले आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्ति तोडफोडका साथै आगजनी, क्षति र भीड नियन्त्रणका क्रममा भएको बल प्रयोग विषयमासमेत छानबिन गरी दोषीलाई कारवाहीका माग गर्न गृहमन्त्रालयलाई आग्रह गरिएको छ ।

सर्वपक्षीय बैठकमा बोल्दै उच्चस्तरीय छानबिन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर आएपश्चात् घटनाका विषयमा जनमत बुझिसकेको बताउँदै निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाइदिन आग्रह गरे ।

“स्थिति अब हामी सबै मिलेर सामान्यकरण गर्दै लैजानुपर्छ ।” संयोजक मैनालीले भने, “विगतको अनुसन्धानका कमीकमजोरी औँल्याएरसमेत अगाडि बढ्दै छौँ ।” बैठकमा बोल्ने अधिकांश वक्ता निर्मला हत्याकाण्डको अनुसन्धानमा शुरुवातदेखि नै कञ्चनपुर प्रहरीको गम्भीर लापर्बाही देखिएको भन्दै शून्यबाट पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।

अधिवक्ता एवं नागरिक समाज कञ्चनपुरका सहसंयोजक पुनमसिंह चन्दले प्रहरीले अनुसन्धान प्रक्रियामा गरेको लापर्बाहीका कारण अहिलेको अवस्था सिर्जना भएको बताउँदै निर्मला गृहकार्यका लागि गएको साथीको घरबाट अनुसंन्धान शुरु गर्नुपर्नेमा जोड दिए ।

“स्थानीय प्रशासनलाई आन्दोलनरत पक्षको जनभावना थाहा हुँदाहुँदै पनि अनुसन्धानमा बचाऊ गर्दै मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई नाटकीय शैलीमा सार्वजनिक गरियो,” उनले भने, “अब निष्पक्ष छानबिनका लागि शान्तिपूर्ण वातावरण मिलाउन सबै लागौँ ।”

नागरिक समाज कञ्चनपुरका पूर्वअध्यक्ष नरबहादुर साउँदले शुक्रबार प्रहरीबाट भएको गोली प्रहारप्रति आपत्ति जनाउँदै निर्मला काण्डमा प्रहरीबाट दमन र हत्यारा बचाउको प्रयास भएको धारणा व्यक्त गरे।

“हामीले स्थिति बिगँ्रदै छ, समयमै ध्यान दिउँ भनेर प्रहरी उपरीक्षक डिल्लाराज विष्टलाई पटक÷पटक भन्यौँ,” साउँदले भने, “तर प्रहरी उपरीक्षकले हाम्रो डेलिगेशनलाई गम्भीरताका साथ कहिल्यै लिनुभएन ।” बैठकमा राजनीतिक दलहरुबाट पनि बिग्रेको भीमदत्तनगर र आसपासको वातावरण संयमित बनाउन पहल हुनुपर्नेमा जोड दिएको थियो ।

छानबिन समितिलाई तोकिएको मितिसम्म छानबिन सहजरुपमा गर्न दिन वातावरण मिलाउन पहल तीव्ररुपमा भइरहेको बताउँदै निर्मला हत्याकाण्ड दबाब सङ्घर्ष समितिका संयोजक हेलन श्रेष्ठले छानबिन समितिलाई दबाबमा नपरी अनुसन्धान गरेर दोषी पत्ता लगाउनुपर्ने धारणा राखे ।

बम दिदी–बहिनी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला पन्त हत्याकाण्डको अनुसन्धानका लागि भन्दै भीमदत्तनगरपालिका–१८ का रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएको बताए ।

रोशनी बम बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो ।

साउन ११ गते बिहान निर्मलाको उखुबारीमा शव भेटिएपछि सोही बेला रोशनीको घरमै उनको हत्या भएको सर्वत्र आशङ्का गरिएको थियो । तर कञ्चनपुर प्रहरीले घटनाको केही दिनपछि बम दिदी–बहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । घटनाको बमद्वयको संलग्ना नदेखिएको भन्दै प्रहरीले दुवैलाई साधारण तारेखका छाडेको थियो ।

अनुसन्धानका लागि यहाँ आएको छानबिन समिति र स्थानीय प्रशासनको नयाँ नेतृत्वलाई बमको घरबाट अनुसन्धान थाल्न व्यापक दबाब परेको छ । प्रहरी उपरीक्षक कडायतले पनि अनुसन्धानका लागि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर सोधपुछ शुरु भइसकेको जानकारी दिए ।

भीमदत्तनगरमा शुक्रबार राति ८ बजेदेखि लगाइएको निषेधाज्ञा भने अझै जारी छ । बजार आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा