गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू



 

 प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरामा रहेका सबैलाई पक्राउ गर्न बादललाई निर्देशन दिएका हुन्।

सँगै नेकपाले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सचिवालय बैठकले यस्तो माग गरेको हो।

सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको सूक्ष्म छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको हो।

बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त छ। नेकपाको बैठकले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत नेकपाको बैठकले गरेको छ। नेकपाले घटनालाई लिएर सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सरकार सचेत हुनुपर्ने बताएको छ।

यस्ता घटनालाई साम्य पार्न जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा