निर्मला हत्याकाण्ड : आन्दोलनमा मृत्युलाई शहीद घोषणा गर्न माग (विज्ञप्तिसहित)



 

सांसद लेखराज भट्टले राज्यले निर्मला पन्त हत्याकाण्डलाई गम्भीरता पूर्वक लिन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिन पुगेको बताएका छन् ।
उनले एक विज्ञप्तिमार्फत निर्मला हत्यामा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गर्दै आन्दोलनमा ज्यान गुमाएका शनी खुनालाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै उनले आन्दोलनलाई हिंसारहित बनाउन र यसमा हुनसक्ने सबैखाले घुसपैठका विरुद्ध सचेत हुन समेत स्थानीयसँग अनुरोध गरेका छन् ।
विज्ञप्ति हेर्नुहोस्

 

निर्मला हत्यामा उच्चस्तरीय न्यायिक छानबीन समिति गठनसहित
आन्दोलनमा मृतकलाई राष्ट्रिय शहीद घोषणा गरियोस्,

कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं. २ निवासी निर्मला पन्तको बलात्कापछि हत्या भएपश्चात विकसित घटनाक्रमप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
घटना घटे लगत्तै मैले मेरो व्यक्तिगत र सात नम्बर प्रदेशका सबै जनप्रतिनिधिसँग समन्वय गरी सरकार समक्ष उक्त घटनालाई संवेदनशीलरुपमा लिई आवश्यक अनुसन्धान र कार्वाही गर्न माग गरेको सबैलाई विदितै छ । तर राज्यका तर्फबाट उक्त घटनालाई सामान्यरुपमा लिई सुरक्षा स्थिति मजबूत पार्न तथा घटनाको निष्पक्ष छानबीन गर्ने दिशामा गम्भीरता देखाउन नसक्दा अहिले घटनाले अनपेक्षित मोड लिन पुगेको छ ।

 

यसैक्रममा आन्दोलनमा सहभागी एकजना युवकको मृत्यु भएको समाचार सुन्दा म स्तब्ध बनेको छु । शान्तिपूर्ण प्रदर्शनलाई अराजकरुपमा लैजान खोज्ने गैर राजनीतिक प्रवृत्तिको निशानमा परेका ती युवकका परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।
हत्याकाण्डबारे भरपर्दो तरिकाले अनुसन्धान गरियोस र दोषीलाई कार्वाही होस भन्ने आम जनताको माग रहेको छ । जनताको शान्तिपूर्ण र न्यायिक आन्दोलनप्रति समर्थन गर्नुका साथै प्रदर्शनमा अनावश्यक बल प्रयोग गरिएकोमा गृह प्रशासनको गम्भीर रुपमा ध्यानाकर्षण गराउनु चाहन्छु । जनताको स्वतःस्फूर्त आन्दोलनमा बल प्रयोग नगर्न तथा घटनालाई अतिरञ्चित तवरले राजनीतिकरण गर्ने प्रयास हुनसक्ने अवस्थालाई ध्यानमा राखेर नागरिक भावना अनुरुप अनुसन्धान अघि बढाई जनसुरक्षाका लागि आवश्यक रणनीति अबलम्बनका लागि निर्देशन दिन समेत गृह प्रशासन समक्ष माग गर्दछु ।

 

निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि गत विहिबारका दिन गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरेपनि घटना झनै बल्झिन पुगेको छ । स्थानीय प्रहरी तथा प्रशासनमाथि आम जनताको विश्वास र भरोस टुटने अववस्था आउन नदिन सरकारले आफ्नो कमाण्डमा रहेको सुरक्षा प्रशासनलाई जनउत्तरदायी ढंगले परिचालन गरी जनभावना अनुरुप अनुसन्धानको कार्यलाई अगाडि बढाई दोषीलाई कार्वाहीको घेराभित्र ल्याउनु सकेमात्रै जनताको असन्तुष्टि हल हुन सक्छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबीन कमिटि अबिलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु ।
यसका साथै आन्दोलनलाई हिंसारहित बनाउन र यसमा हुनसक्ने सबैखाले घुसपैठका विरुद्ध सचेत हुन समेत आम जनसमुदायमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
लेखराज भट्ट
सांसद

सनीलाई शहिद घोषणा नगरेसम्म शव नबुझ्ने परिवारको अडान, तीन लाख दिने मेयरको घोषणा

गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् ।

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाकाे मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थितीलाई नियन्त्रणमा लिन हिजो बेलुका आठ बजेदेखि लगाइएको कर्फ्यू अझै पनि जारी छ । घटनाको छानविन तथा निकासको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक बसेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा