किशोरको मृत्युसँगै हिंसात्मक बन्यो कञ्चनपुर अन्दोलन : सरकारी कार्यालय र घरमा तोडफोड, एम्बुलेन्स चालक भन्छन्-‘चाबी खोसेर पछारे’



 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा उठेको न्यायिक आन्दोलन शुक्रबारसम्म आइपुग्दा हिंसात्मक बन्यो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू केन्द्रमा तानिएपछि नयाँ अधिकारीहरूले शुक्रबार पद बहाल गरे ।

 

योसँगै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय छानविन टोलीले घटनाको छानविनको कार्य शुर गरेको छ । शुक्रबार बिहान शान्त देखिएको थियो महेन्द्रनगर । तर, धेरै समय टिक्न पाएन ।

 

दिउँसो करिब साढे दुई बजेदेखि केहि प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै बजार परिक्रमा गरे । शुक्रबार प्रदर्शनकारीहरू निकै उग्र देखिएका थिए । सो क्रममा प्रदर्शनकारीले दुईतिरबाट जिल्ला प्रशासन कार्यालयतर्फ अगाडी बढे ।

 

चमन चौक क्षेत्र र ट्राफिक कार्यालय नजिक पुग्दा प्रदर्शनकारी र प्रहरीबीच झडप शुरु भयो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपाछि भिड नियन्त्रण गर्न अश्रुग्यास र फायरिङ गर्नु परेको प्रहरीको भनाई छ ।

 

गोली लागेर एकको मृत्यु, ३२ जना घाइते
प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ सालघारीका १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको कञ्चनपुरको प्रहरी उपरिक्षक कुबेर कडायतले जानकारी दिए । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको ज्यान गएपछि आक्रोशित भिडले स्टेचरमा शव राखेर प्रशासन तर्फ लगेको थियो । तर पछि प्रहरीले खोसेको थियो । प्रहरी उपरिक्षक कडायतका अनुसार ५ जना सर्वसाधारण र २७ जना प्रहरी घाइते छन् ।

 

एम्बुलेन्स तोडफोड
प्रदर्शनकारीले एक एम्बुलेन्समा तोडफोड गरेका छन् । कञ्चनपुरको झलारीस्थित सुनावरा कृषि सहकारी संस्थाबाट सञ्चालित म १ च ४४६ नम्बरको एम्बुलेन्समा तोडफोड भएको छ । एम्बुलेन्सका चालक विनोद प्रकाश रोस्याराले गुडिरहेको एम्बुलेन्स रोकेर चाबी थुतेको र आफूलाई पछारेर एम्बुलेन्स गुडाएर लगेको जानकारी दिए ।

 

लोकान्तरसँगको कुराकानीमा चालक रोस्याराले भने–‘म शुक्लफाँटाबाट अञ्चल अस्पतालमा विरामी पुर्याएर पार्किङ गर्दै थिए । एक्कासी ५ जनाको समूहमा मानिसहरु आएर हाम्रो विरामी सिरियस छ, धनगढी लग्नुपर्छ भनेपछि एम्बुलेन्स चालु गरे र म संगै झलारीबाट आएका विरामीका आफन्त गोपाल ठगुन्न र संगै रहेकी ठगुन्नकी भतिजीलाई झार्न लगाएर विरामी नराखी कनै उनीहरू एम्बुलेन्स चलाउन लगाए ।

 

अस्पतालको गेट नजिक मलाई धकेलेर बाहिर हुत्याए र एम्बुलेन्स लगेर गए । म एम्बुलेन्सको पछाडी–पछाडी दौडिरहेको थिए । पछि नेपाल टेलिकम नजिकै रहेको जोशी छापाखानाको अगाडी सडकमा एम्बुलेन्स तोडफोड भएको पाए ।’

 

सरकारी कार्यालय र मेयर घरमा तोडफोड र आगजनीको प्रयास
प्रर्दशनकारीले भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड र आजजनिको प्रयास समेत गरेका थिए । झडपछि उग्र बनेका प्रदर्शनकारीले ती सरकारी कार्यालय र मेयर बिष्टको घरमा तोडफोड गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले कफ्र्यू जारी गरेपछि भिड नियन्त्रण भएको थियो । शुक्रबार राती ८ बजेदेखि जारी गरेको कफ्र्यू अझै जारी छ ।

 

यसैबीच, उच्च स्तरिय छानविन समितिका संयोजक सह–सचिव हरि मैनाली र प्रमुख जिल्ला अधिकारी ताराानाथ अधिकारीले कञ्चनपुरबासीलाई संयमित हुन आग्रह गरेका छन् । आफुहरु सरकारले दिएको कार्यादेश अनुसार घटनाको छानबिन गर्ने बताएका छन् । अहिले पनि कञ्चनपुरको जनजीवन प्रभावित नै छ ।

घटनाको छानविन तथा निकासको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा