अंश दिनुपर्छ भनेर दाजुको वंशनाश गर्ने भाइ-बुहारी जेल चलान



 

 

अंश दाजुको वंशनाश गर्ने भाइ, बुहारीसहित पाँचजना पुर्पक्षका लागि बिहीबार जेल चलान भएका छन्।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको आदेशले राजविराज नगरपालिका-१५ मुसर्नियाका मुर्जा भनिने पञ्चदेव साह, निजकी पत्नी प्रमीलादेवी साह, प्रमिलाका भाइ विराटनगर ११ बस्ने सत्यनारायण साह, नातामा पर्ने राजविराज १५ का धर्मेन्द्र साह र जिवछ साह जेल चलान भएका हुन्। हत्यामा संलग्न थप सातजना फरार छन्।

डीएसपी भावेश रिमालका अनुसार आरोपितले सूर्यनारायण साहसहित उनकी चार महिनाकी गर्भवती श्रीमती बेचनीदेवी र डेढ वर्षीया छोरी प्रतिभाको योजनावद्ध हत्या गरेको बयान दिएका छन्। ‘हत्या गर्ने निधो भएपछि जेठ २६ गते गाउँ नजिकै सूर्यनारायणलाई बोलाएर रक्सी खुवाइयो,’ डीएसपी रिमालले भने, ‘उनी मातेर पिसाब फेर्न गएका बेला चक्कु प्रहार भयो। त्यही बेला छोरीको घाँटी थिचेर हत्या भयो।’

बाबुछोरीको हत्यापछि घरमा सुतिरहेकी बेचनीदेवीको पनि सोही रात घाँटी थिचेर हत्या भयो। उनको शव शौचालयको सेफ्टी ट्यांकीमा फालियो। गाउँमा दुर्गन्ध फैलिएपछि भदौ १ गते उत्खनन गर्दा बेचनीको शव फेला पर्यो‍।

श्रीमतीको हत्या, श्रीमान बेपत्ता’ भएपछि प्रहरीले हत्यामा श्रीमानकै संलग्नताको आशंका गरेर अनुसन्धान थाल्यो। तर, बेचनीका बुवा छिन्नमस्ता गाउँपालिका ६ खुदीभखारीका रामकुमार साहले छोरीको शव फेला परेदेखि नै ज्वाइँ र नातिनीको हत्या गरेर आरोपितले बेपत्ता बनाएको दाबी गरे।

घरायसी विवादका बारेमा थाहा पाएका उनले असार ६ गते किटानी उजुरी दिए पनि प्रहरीले विश्वास गरेन्। रामकुमार सोधपुछकै लागि  एकपटक नियन्त्रणमा लिन बिन्ती गर्दै दैनिक प्रहरी कार्यालय धाउन थाले। त्यसपछि प्रहरीले पञ्चदेवलाई नियन्त्रणमा लिने निधो गर्यो।

घरमा फेला नपरेपछि उनी लुकिछिपी घर आउने गरेको सुराकी रामकुमारले पत्ता लगाए। प्रहरीलाई सूचना दिएपछि पञ्चदेव पक्राउ परे। उनी पक्राउ परेपछि प्रहरीले रहस्य फेला पार्‍यो। पञ्चदेवबाट रहस्य खुलेपछि क्रमशः अन्य अभियुक्त पनि पक्राउ परे।

प्रहरीले साउन ३ गते पुनःउजुरी लिएर नयाँ ढंगले अनुसन्धान थाल्यो। कुहिएको अवस्थामा बेचनीको शव फेला परे पनि सूर्यनारायण र प्रतिभाको शव अझै फेला परेको छैन्। आरोपितका अनुसार बाबुछोरीको जेठ २६ गते हत्या गरेर कोशी पश्चिमी नहर र खाँडो खोलाको दोभानमा रहेको सुरुङ्गमा फालेकाले शव नहरकै बालुवामा गाडिएको छ।

विदेशमा बन्धक सूर्यनारायणको कथा 
२०४७ सालमा मृत्यु भएका भनिएका सूर्यनारायण २०७२ असार ११ गते घर फर्किएपछि सम्पतिमा अंश भाग लगाउनुपर्ने चिन्ताले भाइ–बुहारी पिरोलिएका थिए। सूर्यनारायणलाई परिवारले स्वीकार नगरेपछि उनको नागरिकता बन्न पाएको थिएन।

यस विषयमा सूर्यनारायण र भाइ पञ्चदेवबीच दैनिक विवाद हुन्थ्यो। कान्छा भाइ इनरदेव भने परिवारसहित उदयपुरमा बस्दै आएका छन्। विवाद बढ्दै गएपछि पछिल्लो पटक गाउँ भेला भएर असार २ गतेभित्र नागरिकता बनाई दिनुपर्ने निर्णय सुनाए।

त्यसपछि नागरिकता बनाउनु पूर्व नै सूर्यनारायणको परिवार नै सिध्याएर सम्पूर्ण सम्पत्ति एकलौटी बनाउने लोभमा पञ्चदेवले हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार २०४७ कात्तिक २ गते सूर्यनारायणलाई भारतको पञ्जाब राज्यअन्तर्गत जालन्धरस्थित फलाम उद्योगमा लगि बिक्री गरेको आरोप लागेका उनका झड्केलो मामा मधेपुराका चलितर साह पनि उनको हत्यामा संलग्न भएको खुलेको छ।

आफूले काम गर्ने कम्पनीमा राम्रो काममा लगाई दिने भन्दै १० वर्षीय सूर्यनारायणलाई लगेका चलितरले एक वर्षपछि भान्जाको मृत्यु भएको खबर ल्याएका थिए।

मृत्युपछि उतै दाहसंस्कार गरेको खबर लिएर फर्केका उनी फेरी भारत गएनन्। तर, मरिसकेको भनिएका सूर्यनारायण २५ वर्षपछि टुप्लुक्क घर आइपुगे चलित र मामाले आफूलाई बिक्री गरेको आरोप लगाए।

२५ वर्षपछि घर फर्किएका सूर्यनारायणलाई उनका भाइले दाजु मान्न तयार भएनन्। विवाद बढ्दै जाँदा आमा सोमादेवी र सूर्यनारायणको डीएनए परीक्षण भयो।

परीक्षण रिपोर्टमा सूर्यनारायण सोमादेवीको छोरा नभएको देखियो। डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय विधि विज्ञान प्रयोगशालाले ०७२ फागुन १० गते सूर्यनारायण सोमादेवीको छोरा नभएको देखाएको हो। प्रतिवेदनका आधारमा मानव बेचबिखन मुद्दामा थुनामा रहेका चलितरलाई जिल्ला अदालतले ०७३ जेठ २६ गते सफाइ दियो।

डीएनए रिपोर्ट र अदालतको आदेशपछि सूर्यनारायणलाई दाजु मान्न तयार नभएका भाइ र आमाले नागरिकता बनाउन आनाकानी गरे। गाउँलेको दबाबमा नागरिकता बनाइदिनु पर्ने अवस्था आएपछि  तीनै जनाको हत्या भयो।

विदेशको बन्धक जीवनबाट उम्किएर २५ वर्षपछि घर फर्किएका भनिएका सूर्यनारायणको वास्तविकता उजागर नहुँदै ठूलो षड्यन्त्र गरेर हत्या गरियो। उनको मात्र हत्या भएन उनको वंश नै सखाप भयो।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा