खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न आदेश



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौंबाट शुक्रबार बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उनलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो ।

गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन यहाँ ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

 धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्स्ट्रक्सनका स्काभेटरमा आगो लगाइँदा एउटा पूर्ण क्षतिग्रस्त र एउटा आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कुन ठाउँमा कहिले स्काभेटर जलेको भन्ने आफूलाई थाहा नभएको प्रकाण्डले सञ्चारकर्मीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...