खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न आदेश



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौंबाट शुक्रबार बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो । उनलाई विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो ।

गत साउन ७ गते राति बेलकोटगढी नपा–९ भट्टथोकमा दुई स्काभेटर जलाइएको आरोपमा मुद्दा चलाउन यहाँ ल्याइएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

 धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्स्ट्रक्सनका स्काभेटरमा आगो लगाइँदा एउटा पूर्ण क्षतिग्रस्त र एउटा आंशिक क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कुन ठाउँमा कहिले स्काभेटर जलेको भन्ने आफूलाई थाहा नभएको प्रकाण्डले सञ्चारकर्मीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...