कञ्चनपुरमा नेकपाका नेता भीम रावलविरुद्ध प्रदर्शन



हाम्रो इकोनोमि

 

नपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले नाराजुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

नेता भीम रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

केही दिनदेखि अशान्त बनेको कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपी फेरबदल भइ छानविन समिति गठन भएपछि सामान्य बनेको थियो । तर, पुनः नेविसंघको प्रदर्शनले अशान्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेरबहादुर कडायतले आन्दोलनलाई थप उग्र हुन नदिन ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...