पौडेलले बहिस्कार गरेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित



हाम्रो इकोनोमि

 

 

शुक्रवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिवार सम्मका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह साढे ४ बजे स्थगित भएको जानकारी केन्द्रीय सदस्यहरुलाई दिइएको थियो ।

 

पार्टीका विभाग गठन गर्नुपर्ने तथा विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुलाई समेत समावेश गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको अडानका कारण बैठक स्थगित भएको हो ।

 

आन्तरिक तयारी नपुगेका कारण बैठक शनिवार बिहान ११ बजे सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

 

केन्द्रीय समितिको बैठकअघि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल सहित पदाधिकारीको बैठक बसेको थियो । पदाधिकारी बैठकमा पौडेलले विधान मस्यौदा समिति गठनमा असन्तुष्टि जनाएका थिए । उनले पार्टीका विभाग गठनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

समसामयीक राजनीति, महासमिति बैठकको तयारी, विधान संशोधन र विभाग गठन लगायतका बिषयमा छलफल गर्न केन्द्रीय समितिको बैठब बोलाइएको थियो । आगामी बर्षको फागुनमा हुने महाधिवेशन प्रभावित गर्नेगरी सभापति देउवाले महासमिति बैठक परसार्न खोजेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।

 

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसले संघीय संरचना अनुसार पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्नका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...