मामाको साथीबाट सात वर्षीया बालिका बलात्कृत, अपराधी प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

रुपन्देहीमा एक सात वर्षीया बालिका आफ्नै मामाको साथीबाट बलात्कृत भएकी छन् ।

जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा सोही स्थानका २० वर्षीय विकल पुनले जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिएका छन् ।

बलात्कृत नाबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा–३ मा अध्ययन गर्थिन् । पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बताइएको छ । राति करीब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करणी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए ।

पक्राउ परेका पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...