मामाको साथीबाट सात वर्षीया बालिका बलात्कृत, अपराधी प्रहरीको फन्दामा



 

रुपन्देहीमा एक सात वर्षीया बालिका आफ्नै मामाको साथीबाट बलात्कृत भएकी छन् ।

जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा सोही स्थानका २० वर्षीय विकल पुनले जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिएका छन् ।

बलात्कृत नाबालिकाको घर धादिङ हो । उनी आफ्नो मामा घर धमिरातालमा बसेर कक्षा–३ मा अध्ययन गर्थिन् । पक्राउ परेका पुन बालिकाको मामाको साथी रहेको बताइएको छ । राति करीब ११ बजे नबालिकाको सुतिरहेको अवस्थामा घरभित्र पसेर उनले नबालिकालाई जबरजस्ती करणी गरेको गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक जीवराज ढुंगानाले बताए ।

पक्राउ परेका पुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा