क्यान्सर अस्पताल भवनको लागत १२ करोड बढ्यो यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा १२ करोड रुपैयाँ बढी थपिने भएको छ ।

 

विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य ६० करोड १९ लाख रुपैयाँ थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

 

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुवास पोख्रेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार ७२ करोड रुपैयाँ हाराहारी खर्च आउने देखिएको छ ।

 

समय दोब्बर लाग्नु र नक्साङ्कनमा गरिएको फेरबदलले मूल्य बढन गएको हो । पोख्रेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

 

अस्पताल १५ महिना सञ्चालक समितिबिहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा। प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए । सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे । भवन सम्पन्न भएसँगै अस्पतालमा २५० श्यया बढ्नेछ ।

 

हाल अस्पातालमा २२५ श्यया सञ्चालनमा छ । पाँच तले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखको कक्ष छन् । त्यस्तै सभा हल, चिकित्सक छलफल कक्ष, तथ्याङ्क शाखा, रेडियो थेरापी बङ्करसमेत छन् ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...