क्यान्सर अस्पताल भवनको लागत १२ करोड बढ्यो यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा १२ करोड रुपैयाँ बढी थपिने भएको छ ।

 

विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य ६० करोड १९ लाख रुपैयाँ थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

 

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुवास पोख्रेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार ७२ करोड रुपैयाँ हाराहारी खर्च आउने देखिएको छ ।

 

समय दोब्बर लाग्नु र नक्साङ्कनमा गरिएको फेरबदलले मूल्य बढन गएको हो । पोख्रेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

 

अस्पताल १५ महिना सञ्चालक समितिबिहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा। प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए । सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे । भवन सम्पन्न भएसँगै अस्पतालमा २५० श्यया बढ्नेछ ।

 

हाल अस्पातालमा २२५ श्यया सञ्चालनमा छ । पाँच तले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखको कक्ष छन् । त्यस्तै सभा हल, चिकित्सक छलफल कक्ष, तथ्याङ्क शाखा, रेडियो थेरापी बङ्करसमेत छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...