बलात्कारमा मृत्युदण्डको कानून बनाउन राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्छ : पूर्वकानूनमन्त्री तामाङ



हाम्रो इकोनोमि

 

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए ।

‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेका छौं । त्यसैले सरकारले संयुक्त राष्ट्रसंघले यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्‍यो’ उनले भने ‘बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डसम्म जानुपर्छ ।’

कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने उनले बताए । ‘मृत्यु पर्यन्तसम्मको सजायको कानून त बनेको छ तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्नसपर्छ’ तामाङले भने । समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्ने उनले बताए ।

कानूनहरु दण्ड दिनका लागि मात्र नभई समाजमा जानकारी गराउन पनि बनाइने भन्दै उनले भने ‘कानून कसैलाई दण्ड दिनमात्र होइन अरुलाई सिकाउनका लागि पनि हो । यस्ता घटना हुँदा यस्तो कारबाही हुन्छ भन्ने जानकारी समाजमा दिनुपर्ने हुन्छ ।’

समाजमा महिलालाई आमाको नजरले हेर्न सकेमा महिला हिंसाको घटना धेरै कम हुने भन्दै पूर्वमन्त्री तामाङले महिलालाई हेर्ने समाजको विकृत मनस्थितिका कारण पनि समस्या भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...