कांग्रेसको विधान मस्यौदा समितिको बैठक पौडेल पक्षद्धारा बहिष्कार, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधन गर्न बनाएको समितिको बैठक शुरु नहुदै विवादमा तानिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाएपछि विवादमा परेको हो ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बोलाइएको बैठकमा पौडेल पक्षधरका नेताहरुले बहिष्कार गरेका छन् । कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु शुक्रबार बिहानको बैठकमा उपस्थित नभएका हुन् । समितिमा आफुहरुको कम प्रतिनिधित्व हुने गरी बनाएको र सहमति विपरित ११ सदस्यीय बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

पौडेल पक्षले शुरुमा ९ सदस्यीय बनाउने भनिएपनि पछि आफ्ना पक्षका दुई जना थपेर सभापति शेरबहादुर देउवाले ११ सदस्यीय बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । बैठकमा सिटौला पक्षका प्रदिप पौडेलले भने काम विशेषले उपस्थिती हुन नसक्ने जानकारी गराएका थिए भने नवीन्द्रराज जोशी, दिलेन्द्र बडु उपस्थित भएका थिएनज । पौडेल पक्षका मिनेन्द्र रिजाल भने बैठकमा उपस्थित थिए ।

 

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समितिमा डा। रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, जोशी, सीता गुरुङ, पौडेल र रमेश लेखक सदस्य छन् ।

समितिका संयोजक एवम महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...