कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार : गृहमन्त्री



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताउनुभएको छ ।

कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताउनुभएको हो ।

बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए । गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...