कांग्रेसमा विधान संशोधन मस्यौदा निर्माणको काम सुरु



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले शुक्रबारबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ।

 

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो।

समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ। भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो।

काँग्रेस केन्द्रिय कार्य समितिको आजै बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ।
मुलुक संघीयतामा गएपनि काँग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन।

प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...