थाईल्याण्ड जान लागेका माओवादीका कार्यकर्तालाई लाई विमानस्थलमै क¥याप



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ।

 

अन्तर्राष्ट्रिय युवा मञ्चमा बालसैनिकको कुरा उठाउन सक्ने भन्दै बिष्टलाई विमानस्थलबाट फर्काइएको हो। उनले नेपाल लाइभसँग कुरा गर्दै आज बिहान ९ बजे विमानस्थल पुग्दा कालोसूचीमा रहेको भन्दै आफूलाई फर्काएको बताए।

 

यसअघि उनी रसिया लगायत विभिन्न देशको भ्रमण गरिसकेका छन्।

 

नेकपाको दुई तिहाइको सरकार रहेको समयमा अन्तर्राष्ट्रिय रुपमा बालसैनिकको विषय उठ्ने डरले आफूलाई जान नदिएको उनले बताएका छन्।

 

केही वर्षयता बिष्ट बालसैनिकको मुद्दा चर्को रुपमा उठाउँदै आएका थिए। बालसैनिकलाई बेवास्ता गरेको भन्दै पेरिसडाँडास्थित तत्कालीन माओवादी कार्यालयमा केही समयअघि उनीहरुले शीर्ष नेताहरुलाई बन्दी बनाएका थिए।

 

करिब ८ हजार बालसैनिकलाई माओवादीले अयोग्यको बिल्ला लगाई शिविरबाट निकालेको तर अहिले मुद्दाको सुनुवाइ नगरेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...