कालिमाटी कसको ? : मन्त्री बलदेव र मात्रिकाबीच विवाद, बोलचाल बन्द



 

कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ र उद्योग बाणिज्य, आपूर्ति मन्त्री मात्रिका यादवबीच कार्यक्षेत्रबारे चरम विवाद भएको छ । विवादपछि बोलचाल बन्द भएको स्रोतको दाबी छ ।

 

पछिल्लो समय कालिमाटी तरकारी तथा फलफुल बजारको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले अनुगमन गर्दै कालिमाटीका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेपछि कृषिमन्त्री खनाल आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै आक्रोशित बनेका छन् ।

 

गत भदौ ४ गते मन्त्री यादवसहितको टोली कालिमाटी पुगेर अनुगमन गर्नुका साथै व्यवसायीका २ वटा ट्रक नियन्त्रणमा लिएका थिए ।

 

त्यसको तीन दिनपछि मन्त्री यादवले कालिमाटीका ९८ वटा स्टल खारेज गर्ने प्रकृया अघि बढेको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

 

‘कालिमाटीका ९८ वटा स्टल खाजी हुने भएका छन्, सरकारसँग सस्तोमा लिएर विचौलिया भई अरुलाई ५ गुण बढी भाडामा दिनेहरुको स्टल खारेजी प्रकृया अघि बढेको छ । सो ठाउमा उत्पादनकर्तालाई नै ठाउँ दिने तयारी छ । यसले केही हदसम्मको मूल्य नियन्त्रण भने अवस्य गर्नेछ । तरकारीमा सिण्डिकेट तोड्न आवाश्यक गृहकार्य भइरहेको छ’ मन्त्री यादवले लेखेको फेसबुक स्टाटसमा छ ।

 

कृषि मन्त्री खनाल निकट श्रोतले मन्त्री यादवले कालिमाटी तरकारी बजार कृषि मन्त्रालय मातहत रहेको भन्दै उद्योग मन्त्रीले छापा मार्नु अवैधानिक भएको बतायो । मन्त्री खनाल निकट श्रोतले भन्यो, ‘यो सरासर गलत भयो कार्यक्षेत्रमा हस्तक्षेप गर्न खोजियो ।’

 

मन्त्री खनाल गत १ गते राजधानीबाहिर गएका थिए । उद्योग मन्त्री र मन्त्रालयले आफूसँग वा आफ्नो मन्त्रालयसँग सम्पर्क गरेर समन्वय नगरी अघि बढेकोमा मन्त्री खनालको असन्तुष्ट रहेका छन् ।

 

जबकी यसअघि नै कृषिमन्त्री खनालले कालिमाटी तरकारी बजारको अनुगमन गरेर बद्मासी गर्ने व्यवसायीलाई कारवाहीको प्रकृया अघि बढाइसकेका थिए ।

 

तर, सोही बीचमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि सो प्रकृया अवरुद्ध भएको थियो ।

मन्त्री खनालले कालिमाटी तरकारी बजारको जेठ अन्तिम साता अनुगमन गरेर व्यवसायीलाई तीन किसिममा बर्गिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा