भोजपुर लगिएका खड्गबहादुर विश्वकर्मालाई किन नुवाकोट सारीयो, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको आदेशबाट रिहा भएलगत्तै प्रक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले नुवाकोट पु¥याएको छ ।
भोजपुर लैजाने तयारी गरेपनि राति नै उनलाई बाटोबाटै फर्काएर नुवाकोट पु¥याइएको हो ।

 

भोजपुर तर्फ लैजादै गर्दा सागा पु¥याएपछि नुवाकोटमा एनसेल टावर आक्रमणको मुद्दा रहेको खबर आएपछि त्यहाबाट फर्काएर नुवाकोट लगेको प्रहरीले जानकारी दिएको छ । सर्वोच्चको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए। भोजपुर, काभ्रे, नुवाकोटमा एनसेल टावरमा तोडफोड र आगजनी गरेको मुद्दा उनीमाथि छ। विप्लव नेतृत्वको नेकपाले केही समयअघि एनसेलका टावरमाथि शृंखलाबद्ध आक्रमण गरी क्षति पुर्‍याएको थियो।

 

७ करोडभन्दा बढी चन्दा उठाएको आरोपमा साउन २२ गते उनी काठमाडौंको चोभारबाट पक्राउ परेका थिए। लगत्तै उनका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गरेपछि रिहा गर्न आदेश भएको थियो। भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...