प्रवक्ता खडगबहादुर विश्वकर्मा साधारण तारेखमा छुटे



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । योसँगै उनी छुटेका छन् । न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले विहिबार विश्वकर्मालाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाई गर्दै कार्की र श्रेष्ठको ईजलाशले विश्वकर्मासहित दोलखाका लोकेन्द्र दर्नाल र राजनप्रसाद लम्साललाई पनि रिहा गर्न आदेश दिएको छ । विश्वकर्मालाई काभ्रे सदरमुकाममा रहेको कुन्साङ लामाको क्रसरमा आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रो पटक उनी पक्राउ परेका थिए । उनलाई गैरकानूनी रुपमा पक्राउ गरेको र गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै विरेन्द्र विकले रिहाइको माग गरी आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पक्राउ गर्नुको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन विपक्षीको नाममा आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि उनलाई वुधबारै सर्वोच्चमा पेश गरिएको थियो ।

साउन २२ गते हेटौडाबाट फर्किँदै गर्दा प्रहरी अनुसन्धान व्यूरोको टोलीले उनलाई चन्दा असुली गरेको र आपराधिक गतिविधि गरेको भन्दै पक्राउ गरेको गरेको थियो । उनका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेपछि सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

तर, उनलाई काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको घटनासँग जोडेर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकसमेत रहेको गाडीबाटै काठमाडौं प्रहरीले पक्राउ गरी काभ्रे प्रहरीलाई बुझायो । एकैसाथ पक्राउ परेका हरिचन्द्र आचार्य र चालक मनबहादुर श्रेष्ठलाई प्रहरीले त्यही दिन छाडिदियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...