संघाई समूहले जनताको करोडौको शेयर यसरी खाईदियो, माग्न जाँदा उल्टै आयो यस्तो धम्की



 

सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् ।

 

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पिडित अग्रवालले यस्तो गुनासो पोखेका हुन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए ।

 

आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममा भएको उद्योग अहिले पनि नाफामा रहेको पीडित अग्रवालको दाबी छ ।

 

तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालले आरोप लाएका छन् । पीडित अग्रवालले भने,‘मैले मेरो भागमा भएको हिसाबकिताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु ।’

 

अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसोसमेत पोखेका छन् । उनले भने,‘म आफ्नो शेयरको हिसाबकिताब खोजाई पाउँ भनेर वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएसनलगायत अन्य निकायसमक्ष धाएँ तर कतैबाट न्याय पाईन् ।’

 

सबै निकायलाई संघाई समूहले आफ्नो प्रभाव पारेको बताउँदै अन्तिम विकल्प मिडिया नै भएको जनाउदै अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा