कांग्रेसले गठन गर्‍यो खड्काको संयोजकत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले आगामी महासमिति भेलामा पेश गर्ने विधान संशोधनको प्रस्तावलाई तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा नौं सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार सम्पन्न पदाधिकारी बैठकले मस्यौदा समिति गठन गर्ने निष्कर्षमा पुगेको हो।

 

बैठकले खड्काको संयोजकत्वमा गठन हुने मस्यौदा समितिमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बढु, डा। मिनेन्द्रप्रसाद रिजाल, नविन्द्रराज जोशी, प्रदीप पौडेल, आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, महलक्ष्मी उपाध्याय ‘डिना’ र सीता गुरुङलाई चयन गर्ने निर्णय गरेको छ।

 

केन्द्रीय कार्य समितिको गत १६ बैशाखको बैठकले महासमिति बैठक भदौ मसान्त भित्र गर्ने निर्णय गरेको थियो। तर भदौ सात गतेसम्म पनि महासमितिको स्थान र मिति तय नहुँदा महासमिति बैठक असोज तेश्रो साता सर्ने सम्भावना रहेको छ।

 

समितिमा रहने सदस्यहरुको नाम असन्तुष्ट नेता रामचन्द्र पौडेलले उपलब्ध नगराएकोले गठन हुन नसकेको संस्थापन पक्षको आरोप थियो। तर, नेता पौडेलले समितिमा बस्ने सदस्यको नाम उपलब्ध गराएको तीन सातापछि मस्यौदा समिति गठन गरेको हो।

 

मस्यौदा समितिमा रहेका सदस्यमध्ये बढु, रिजाल, जोशी र पौडेल पौडेलको सिफारिसमा सदस्य भएका हुन भने ढुंगाना, विश्वकर्मा, उपाध्याय र गुरुङ पार्टी सभापति देउवा निकटका हुन्। सभापति देउवाले असन्तुष्ट नेता पौडेलले समितिमा बस्ने केन्द्रीय सदस्यको नाम पठाउँदा समाबेशी सिद्धान्त नअपनाएको भन्दै गठनमा ढिलाइ गरेका थिए।

 

पदाधिकारीले गरेको सो निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गर्ने भएको हो। पदाधिकारीको बिहीबार बिहानदेखि बसेको बैठकले यस्तो निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...