नेकपामा केपी ओलीभन्दा प्रचण्ड बलियो , झलनाथ, वामदेव र विष्णु पौडेल यसरी परे प्रचण्डसँग लम्पसार



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर गठबन्धन बनाएका छन् ।

 

ओली–नेपालले गठबन्धन बनाएको सुईंको पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यो गठबन्धन भत्काउनेगरि महागठबन्धन बनाउने तयारी थालेका छन् ।

 

स्रोतका अनुसार प्रचण्डले पछिल्लो समय पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र नेता वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले अध्यक्ष ओली र नेता नेपाल मिलेर आफूलाई पेल्नेगरि गठबन्धन बनाएकोबारे जानकारी गराउँदै त्यो गठबन्धन भत्काउनेगरि आफ्नो नेतृत्वमा महागठबन्धन बनाउन छलफल गरेका थिए ।

प्रचण्डको प्रस्तावमा नेता खनाल र गौतम दुवै राजी भएका थिए । खनाल त ओली र नेपालसँग सुरुदेखि नै रुष्ट छन् ।

 

आगामी महाधिवेशनमा पार्टीको नेतृत्वमा ओलीले नेता नेपाललाई अघि सार्ने वचन दिएसँगै नेता नपाल पनि सक्रियताका साथ प्रचण्डलाई कमजोर बनाउन लागिपरिरहेका छन् ।

 

तर, नेता खनालले कुनैपनि हालतमा नेपाललाई नेतृत्वमा पुग्न नदिनेगरि प्रचण्डलाई साथ दिने वचन दिईसकेको स्रोतको दाबी छ ।

 

पार्टी एकताका सूत्रधार नेता गौतम त सुरुदेखि नै प्रचण्डनिकट नेता मानिन्छन् । उनले आगामी महाधिवेशनमा प्रचण्डलाई नै सघाउनेगरि पार्टीभित्र गतिविधि अघि बढाएको नेकपाका शीर्ष नेताले बताए ।

अध्यक्ष प्रचण्डको पक्षमा खनाल र गौतममात्रै नभएर ओलीकै विश्वापात्रको रुपमा चिनिएका नेताहरु विष्णु प्रसाद पौडेल र वर्तमान परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीपकुमार ज्ञवालीपनि उभिने निश्चित् भएको छ ।

 

आगामी महाधिवेशनसम्म पुग्दा योगेश भट्टराईसमेत प्रचण्डको पक्षमा जान सक्ने नेकपाका नेताहरुको दाबी छ ।

उता ओली र माधव नेपाल गठबन्धनमा भने प्रभावशाली नेताहरुमा विष्णु रिमाल, रविन्द्र अधिकारी र रघुवीर महासेठ लगायत मात्रै रहने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...