‘ऐन संशोधन गर्न तयार छौं, कर नछल्नुस्’ अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई ठगको रुपमा मात्रै हेर्न नहुने बताएका छन् । नाफा कमाउने व्यवसायीको अधिकार हो भन्दै प्रचण्डले त्यसको वातावरण सरकारले बनाइदिनुपर्ने बताए ।

एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिक उत्सव कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उद्योग व्यवसाय गर्ने वातावरण बन्नेखालको ऐन नियम बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा राज्यले उद्योग गर्नेलाई राष्ट्रसेवकको रुपमा कम, नाफाखोरको रुपमा बढी हेर्ने दृष्टिकोण रहँदै आएको छ । यो परिवर्तन भइ रोजगारी सिर्जना गर्ने र उद्योग गर्ने नीति जबसम्म बन्दैन तबसम्म देश समृद्ध बन्न सक्दैन ।’

उनले व्यवसायीलाई कसरी कर छल्ने भन्नेतिर नलाग्न सुझावसमेत दिए । ‘व्यवसायीले पनि कसरी कर छल्ने भन्नेतिर लाग्नु भएन । पछिल्लो समय यस्ता प्रवृत्ति देखिएका छन् । त्यो हुनु भएन,’ प्रचण्डले भने ।

नेपालमा व्यवसायीलाई दुहुनु गाईजस्तो ठान्ने र व्यवसायीले घुस नखुवाई काम नबन्ने जस्तो गरिएको भन्दै यस्तो दृष्टिकोण त्याग्नुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले व्यवसायीको आग्रह अनुसार सामाजिक सुधार ऐनमा संशोधन गर्न तयार रहेको समेत बताए । प्रचण्डले भने, ‘देशभित्रै व्यवसाय गर्दा असुरक्षित हुने वातावरण बन्यो भने पुँजी बाहिर जान सक्छ । अहिले स्थिर सरकार बनेको छ । तर व्यवसायी र अरुको पनि आशा र अपेक्षा धेरै हुँदा केही समस्या छ । यस विषयमा हामी छलफल गर्दैछौं । हामी गम्भीर छौं ।’

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...