‘ऐन संशोधन गर्न तयार छौं, कर नछल्नुस्’ अध्यक्ष प्रचण्ड



 

नेकपाका अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई ठगको रुपमा मात्रै हेर्न नहुने बताएका छन् । नाफा कमाउने व्यवसायीको अधिकार हो भन्दै प्रचण्डले त्यसको वातावरण सरकारले बनाइदिनुपर्ने बताए ।

एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिक उत्सव कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उद्योग व्यवसाय गर्ने वातावरण बन्नेखालको ऐन नियम बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा राज्यले उद्योग गर्नेलाई राष्ट्रसेवकको रुपमा कम, नाफाखोरको रुपमा बढी हेर्ने दृष्टिकोण रहँदै आएको छ । यो परिवर्तन भइ रोजगारी सिर्जना गर्ने र उद्योग गर्ने नीति जबसम्म बन्दैन तबसम्म देश समृद्ध बन्न सक्दैन ।’

उनले व्यवसायीलाई कसरी कर छल्ने भन्नेतिर नलाग्न सुझावसमेत दिए । ‘व्यवसायीले पनि कसरी कर छल्ने भन्नेतिर लाग्नु भएन । पछिल्लो समय यस्ता प्रवृत्ति देखिएका छन् । त्यो हुनु भएन,’ प्रचण्डले भने ।

नेपालमा व्यवसायीलाई दुहुनु गाईजस्तो ठान्ने र व्यवसायीले घुस नखुवाई काम नबन्ने जस्तो गरिएको भन्दै यस्तो दृष्टिकोण त्याग्नुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले व्यवसायीको आग्रह अनुसार सामाजिक सुधार ऐनमा संशोधन गर्न तयार रहेको समेत बताए । प्रचण्डले भने, ‘देशभित्रै व्यवसाय गर्दा असुरक्षित हुने वातावरण बन्यो भने पुँजी बाहिर जान सक्छ । अहिले स्थिर सरकार बनेको छ । तर व्यवसायी र अरुको पनि आशा र अपेक्षा धेरै हुँदा केही समस्या छ । यस विषयमा हामी छलफल गर्दैछौं । हामी गम्भीर छौं ।’

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा