कञ्चनपुरको प्रदर्शन अनियन्त्रित, ७ जना आन्दोलनकारी घाइते, ६४ राउण्ड अश्रुग्यास प्रहार, प्रहरी प्रमुखको सरुवा



 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण उग्रबन्दै गएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड उग्रबन्दै गएको हो । बिहीबार पनि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि कृष्णपुरसम्मको सडकका ठाउँ–ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

 

प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गाली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ ।

 

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डिएसपी सेठीले लोकान्तरसँग भने ।

कञ्चनपुरका स्थानीय अगुवा युवा रमेश ठगुन्नाले सरकारले घटना ढाकछोप गर्ने षड्यन्त्र गरेको भन्दै त्यसका विरुद्धमा स्थानीय स्वतः सडकमा आएर आगो बालिरहेको बताए ।

 

पुर्वपश्चिम महेन्द्र राजमार्गको ठाउँ ठाउँमा प्रदर्शन हुँदा यातायात समेत ठप्प भएको छ भने बजार पूर्ण बन्द भएको छ । यातायात र बजार बन्दका कारण यात्रु र उपभोक्ता मारमा परेका छन् । बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा स्थानीय, व्यवसायी, महिला, युवा विद्यार्थीले वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् ।

 

१० वर्ष अघि आफ्नै भिनाजुको हत्या गररे मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका थिए । बुधबार मृतक निर्मलाकी साथी रोशनी बमको घरमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गरेका थिए । ढुङ्गामुढा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् ।

 

बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै उनीहरुले बम घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेका थिए । हजारौँको संख्यामा बम निवास पुगेका प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई घण्टा समय लगाएको थियो । लालपुर बजार व्यवस्थापन समितिका अध्यक्ष भान विष्टले घटना बङ्ग्याउन खोजेकाले स्वतः बजार बन्द गरेर सडकका आएको बताए ।

 

कञ्चनपुरका विद्यार्थी नेता पवन नेपालीले सरकारले घटना छानबिनमा वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएको बताए । नेपालीले बम परिवारबाटै घटनाको विवरण खुल्ने भएकाले दवाव दिनका लागि प्रर्दशन गरिएको उनको भनाई छ । उनले वास्तविक दोषी पत्ता लगाउनुपर्ने माग अघि सार्दै आन्दोलनमा होमिएको बताए ।

 

कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले बजार र बमको घरमा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६४ राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए । प्रहरीको गाडी तोडफोड र आन्दोलनमा ढुङ्गामुढा गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

 

कञ्चनपुर प्रहरीले रोशनी बम र बविता बमका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । घटना घटेदेखि दुवै बमदिदि बहिनी प्रहरीकै निगरानीमा रहेको जनाउँदै कञ्चनपुर प्रहरीले सर्वदलिय सर्वपक्षिय सहमति अनुसार उनीहरुका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

 

कञ्चनपुर प्रहरी प्रमुखको सरुवा
होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । आन्दोलनकारीले कञ्चनपुरका एसपी, डिएपी र सिडिओको सरुवाको माग बमोजिम गृहमन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई तानेर एसएसपी बिक्रम चन्दलाई पठाएको छ । एसएसपी चन्दले बिहीबारदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् । स्थितिलाई मध्य नजर गर्दै स्थानीय प्रशासनले बजार र राजमार्ग क्षेत्रमा बाक्लो अवस्थामा प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा