कञ्चनपुरको प्रदर्शन अनियन्त्रित, ७ जना आन्दोलनकारी घाइते, ६४ राउण्ड अश्रुग्यास प्रहार, प्रहरी प्रमुखको सरुवा



हाम्रो इकोनोमि

 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण उग्रबन्दै गएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड उग्रबन्दै गएको हो । बिहीबार पनि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि कृष्णपुरसम्मको सडकका ठाउँ–ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

 

प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गाली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ ।

 

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डिएसपी सेठीले लोकान्तरसँग भने ।

कञ्चनपुरका स्थानीय अगुवा युवा रमेश ठगुन्नाले सरकारले घटना ढाकछोप गर्ने षड्यन्त्र गरेको भन्दै त्यसका विरुद्धमा स्थानीय स्वतः सडकमा आएर आगो बालिरहेको बताए ।

 

पुर्वपश्चिम महेन्द्र राजमार्गको ठाउँ ठाउँमा प्रदर्शन हुँदा यातायात समेत ठप्प भएको छ भने बजार पूर्ण बन्द भएको छ । यातायात र बजार बन्दका कारण यात्रु र उपभोक्ता मारमा परेका छन् । बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा स्थानीय, व्यवसायी, महिला, युवा विद्यार्थीले वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् ।

 

१० वर्ष अघि आफ्नै भिनाजुको हत्या गररे मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका थिए । बुधबार मृतक निर्मलाकी साथी रोशनी बमको घरमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गरेका थिए । ढुङ्गामुढा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् ।

 

बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै उनीहरुले बम घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेका थिए । हजारौँको संख्यामा बम निवास पुगेका प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई घण्टा समय लगाएको थियो । लालपुर बजार व्यवस्थापन समितिका अध्यक्ष भान विष्टले घटना बङ्ग्याउन खोजेकाले स्वतः बजार बन्द गरेर सडकका आएको बताए ।

 

कञ्चनपुरका विद्यार्थी नेता पवन नेपालीले सरकारले घटना छानबिनमा वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएको बताए । नेपालीले बम परिवारबाटै घटनाको विवरण खुल्ने भएकाले दवाव दिनका लागि प्रर्दशन गरिएको उनको भनाई छ । उनले वास्तविक दोषी पत्ता लगाउनुपर्ने माग अघि सार्दै आन्दोलनमा होमिएको बताए ।

 

कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले बजार र बमको घरमा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६४ राउण्ड अश्रुग्यास प्रहार गरिएको बताए । प्रहरीको गाडी तोडफोड र आन्दोलनमा ढुङ्गामुढा गरेको भन्दै प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

 

कञ्चनपुर प्रहरीले रोशनी बम र बविता बमका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । घटना घटेदेखि दुवै बमदिदि बहिनी प्रहरीकै निगरानीमा रहेको जनाउँदै कञ्चनपुर प्रहरीले सर्वदलिय सर्वपक्षिय सहमति अनुसार उनीहरुका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

 

कञ्चनपुर प्रहरी प्रमुखको सरुवा
होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । आन्दोलनकारीले कञ्चनपुरका एसपी, डिएपी र सिडिओको सरुवाको माग बमोजिम गृहमन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई तानेर एसएसपी बिक्रम चन्दलाई पठाएको छ । एसएसपी चन्दले बिहीबारदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् । स्थितिलाई मध्य नजर गर्दै स्थानीय प्रशासनले बजार र राजमार्ग क्षेत्रमा बाक्लो अवस्थामा प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...