नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ अदालत जान थाले



हाम्रो इकोनोमि

 

 

पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे ।

 

भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन् ।

 

अर्यालमात्र होइन, मोदी गाउँपालिका–४ का लालबहादुर पुनले पनि श्रीमतीले खान लाउन नदिएको भनेर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए ।

नयाँ मुलुकी ऐन लागू भएपछि सम्बन्धविच्छेद गर्न पुरुषहरुले पनि सोझै अदालत जान सक्ने सुविधाको उपभोग गर्दै पर्वतमा भदौ ६ गतेभित्र पाँच जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।

 

पर्वत जिल्ला अदालतमा भदौ १ गतेदेखि ७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा दुईवटा श्रीमतीका तर्फबाट आएका छन् भने पाँचवटा श्रीमानका तर्फबाट भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...