नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ अदालत जान थाले



हाम्रो इकोनोमि

 

 

पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे ।

 

भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन् ।

 

अर्यालमात्र होइन, मोदी गाउँपालिका–४ का लालबहादुर पुनले पनि श्रीमतीले खान लाउन नदिएको भनेर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए ।

नयाँ मुलुकी ऐन लागू भएपछि सम्बन्धविच्छेद गर्न पुरुषहरुले पनि सोझै अदालत जान सक्ने सुविधाको उपभोग गर्दै पर्वतमा भदौ ६ गतेभित्र पाँच जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।

 

पर्वत जिल्ला अदालतमा भदौ १ गतेदेखि ७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा दुईवटा श्रीमतीका तर्फबाट आएका छन् भने पाँचवटा श्रीमानका तर्फबाट भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...