कञ्चनपुरमा गोली चल्यो, ७ जना अान्दाेलनकारी घाइते



 

 १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनका कारण तनावग्रस्त रहेको कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ ।

 

प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि शुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।

आन्दोलन शुरु भएको तेस्रो दिन प्रहरीले महेन्द्रनगरमा गोली चलाएको छ । प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि गोली चलाएको हो ।

 

आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए ।

प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चलमा लगिएको छ ।

 

प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ । गाली लागेर घाइते भएका आन्दोलनकारीको रगत बगेर सडक रगताम्मे भएको छ ।

 

प्रहरीले भने गोली नचालाएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास प्रहार गरिएको बताए ।

‘आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो । गोली चलाएको छैन,’ डिएसपी सेठीले लोकान्तरसँग भने ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख