अनेरास्ववियूु एकता अन्तिम चरणमा, नेतृत्वमा यसरी सहमति हुँदै



 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बीच एकीकरण अन्तिम चरणमा पुगेको छ।

 

]नेतृत्वबाहेक सबै कुरा मिलिसकेको र बिहीबार दिउँसो बस्ने कार्यदल बैठकले अन्तिम टुंगो लगाउने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।

 

आउँदो महाधिवेशनसम्मका लागि सहमतिमै नेतृत्व छनोट गर्ने तयारी उनीहरूको छ। अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको एकीकरण पश्चात संगठनको नाम अनेरास्ववियू राखिने सहमति भएको छ।

पूर्व एमालेको अनेरास्ववियुले आफ्नो नामको अन्तिम अक्षर ह्रश्व (यु) लेख्ने गरेको छ भने पूर्व माओवादी केन्द्रको क्रान्तिकारीले भने नामको अन्तिम अक्षर दीर्घ (यू) लेख्ने गरेको छ।

 

एकतापछि संगठनको कार्यालय पेरिसडाँडामा राखिने भएको छ। एकीकृत संगठनको केन्द्रीय समिति ४९९ जनाको हुने तय भएको छ।

 

अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने गरी केन्द्रीय समिति गठन गर्ने एकताका लागि गठित कार्यदलको मोटामोटी सहमति छ।

 

अनेरास्ववियूमा पनि माउ पार्टीजस्तै ९ जनाको हाइकमान्ड गठन हुने भएको छ। हाइकमान्डमा अनेरास्ववियुका पाँचजना र क्रान्तिकारीका चार जना रहने छन्।

 

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हाइकमान्डको संख्या बढ्न सक्ने बताए। उनले ९ जनादेखि १५ जनासम्मको हाइकमान्ड हुन सक्ने जानकारी दिए।

 

हाइकमान्डमा अनेरास्ववियुका महासचिव ऐन महरसहित चार जना उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेश लामा रहने निश्चित भएको छ। त्यस्तै क्रान्तिकारीबाट भने हाइकमान्डमा रहने नेताहरूको टुंगो लाग्न बाँकी छ।

 

पूर्वसहमतिअनुसार हाइकमान्ड बनेमा क्रान्तिकारीका अध्यक्षसहित ८ जना उपाध्यक्ष र महासचिवमध्येबाट चारजना हाइकमाइन्डमा रहने छन्।

 

अनेरास्ववियूमा पनि स्थायी समिति रहने भएको छ। कम्तिमा ५४ जनाको स्थायी कमिटी हुने टुंगो लागेको छ। त्यस्तै १६० जना सदस्य रहेको सचिवालय गठन हुनेछ।

 

अनेरास्ववियुमा विभिन्न आयोगसहित २०० जनाको केन्द्रीय कमिटी रहेको छ भने क्रान्तिकारीमा २४३ सदस्यीय केन्द्रीय कमिटी छ।

 

अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार अनेरास्ववियुमा ८५ जना नयाँ केन्द्रीय सदस्य थप्ने तयारी भएको छ। एकीकृत संगठनको केन्द्रीय कमिटीमा राख्ने गरी केन्द्रीय समिति सदस्य संख्या बढाउन लागिएको हो।

 

अखिलमा आवद्ध सरकारी जागिरे, सरकारी नियुक्त पाएका र जनप्रतिनिधि निर्वाचित भएकाहरू एकीकृत संगठनमा सहभागी हुन नपाउने भएका छन्। अखिलमा यस्ता २० जना नेता छन्। रिक्त रहेका २० सहित ८५ केन्द्रीय सदस्य थप हुने अनेरास्ववियुका प्रवक्ता शर्माले जानकारी दिए।

 

नेतृत्वमा अन्यौल कायमै

अनेरास्ववियू नेतृत्वमा दुवै संगठनको दावी छ। तर एकीकरण अन्तिम चरणमा पुगेपनि एकीकृत संगठनको नेतृत्व कसले गर्ने भन्नेमा अन्योल देखिएको छ।

 

कार्यदलका सदस्य समेत रहेका क्रान्तिकारीका नेता रमेश मल्लले बिहीबार बस्‍ने कार्यदलको बैठकमा नेतृत्वको विषयले प्रवेश पाउने बताए।

 

ुदुई संगठनको अध्यक्ष मध्येबाटै नेतृत्व खोज्ने हो, नवीना लामा माननीय पनि भएको र अध्यक्षको कार्यकाल पनि सकिएको अवस्थामा रञ्‍जित तामाङले नेतृत्व गर्ने कुरा स्वभाविक होु, उनले भने। तामाङबाहेक अरु विकल्प नभएको उनको भनार्इ छ।

 

कार्यदलका सदस्य एवं अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पनि दुई संगठनको एकता अध्यक्षकै नेतृत्वमा हुने पार्टी तथा संगठनात्मक पद्दति नेकपाले अँगालेकाले नेतृत्वको जिम्मा आफूमा आएको बताउँछन्।

 

एमालेनिकट अनेरास्ववियुबाट नेतृत्वका लागि ऐन महर दावेदार हुन्। अनेरास्ववियुको महाधिवेशनकै बेला अध्यक्ष पदका दाबेदार रहेका उनी एकीकृत संगठनको पनि अध्यक्ष बन्‍ने दौडधुपमा छन्।

 

कार्यदलको बैठकबाट आफ्नो र रञ्‍जित तामाङको नाम सिफारिस हुने महरको भनाई छ। म मेरो संभावना देख्छु, रञ्‍जितजीले आफ्नो संभावना देख्नुहुन्छु, उनले भने, नेताहरूले जसको पक्षमा निर्णय गर्नुहुन्छ, मलाई मान्य हुनेछ।

 

नेतृत्वका लागि अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौला र रश्मी अचार्यले पनि अकांक्षा देखाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा