प्रचण्डका घरबेटीलाई दैनिक डेढ लाख जरिवाना, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले दैनिक डेढ लाख जरिवाना तिर्न बाध्य भएका छन् । प्रख्यात ठेकेदार समेत रहेका शारदा अधिकारीले समयमा निर्माण कार्य नसकेपछि भौतिक तथा योजनामन्त्रालयले दैनिक डेढ लाख जरिवाना तिराउने गरेको छ ।

 

प्रचण्डका घरबेटी शारदाका दर्जनौ ठेक्का निर्माणधिन छन् । सम्झौता अनुसार समयमा निर्माण कार्य सम्पन्न नगरेपछि जरिवाना तिराउने गरेको भौतिक तथा योजनामन्त्रालयले दावी गरेको छ । शारदा अधिकारीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको १६ किलोमिटर सडक निर्माण गरिरहेका छन् ।

२०७१ सालमा सम्झौता भएको यस सडक खण्डको निर्माण कार्य २०७३ सालभित्र सम्पन्न भइसक्नु पर्ने थियो । तर २०७५ साल सुरुहँदा समेत ५० प्रतिशत काम हुन सकेको छैन । ३० करोडको लागतमा निर्माणको सम्झौता भएको थियो ।

 

नागढुंगा सडक पनि अधिकारीले निर्माणको जिम्मा लिएका थिए । निर्माण कार्यसम्पन्न भइसक्नु पर्ने सडकको अबस्था अझै नाजुक छ । ढोलाहिटी, सुनाकोठी चापागाउँ जाने सकड पनि उनले निर्माण सकेका छैनन् । यस्ता दर्जनौ ठेक्का अधिकारीले हत्याएका छन् । तर उनले कुनैपनि योजना समयमा सम्पन्न गर्न सकेका छैनन् ।

 

समयमा योजना सम्पन्न गर्न नसकेको भन्दै अधिकारीलाई दैनिक डेढ लाख जरिवाना तिराउने गरेको भौतिक तथा योजना मन्त्रालयले दावी गरेको छ । मन्त्रालयले दैनिक डेढ लाख तिराउने दावी गरेपनि अधिकारीले कामलाई तिव्रता भने दिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...