प्रचण्डका घरबेटीलाई दैनिक डेढ लाख जरिवाना, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले दैनिक डेढ लाख जरिवाना तिर्न बाध्य भएका छन् । प्रख्यात ठेकेदार समेत रहेका शारदा अधिकारीले समयमा निर्माण कार्य नसकेपछि भौतिक तथा योजनामन्त्रालयले दैनिक डेढ लाख जरिवाना तिराउने गरेको छ ।

 

प्रचण्डका घरबेटी शारदाका दर्जनौ ठेक्का निर्माणधिन छन् । सम्झौता अनुसार समयमा निर्माण कार्य सम्पन्न नगरेपछि जरिवाना तिराउने गरेको भौतिक तथा योजनामन्त्रालयले दावी गरेको छ । शारदा अधिकारीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको १६ किलोमिटर सडक निर्माण गरिरहेका छन् ।

२०७१ सालमा सम्झौता भएको यस सडक खण्डको निर्माण कार्य २०७३ सालभित्र सम्पन्न भइसक्नु पर्ने थियो । तर २०७५ साल सुरुहँदा समेत ५० प्रतिशत काम हुन सकेको छैन । ३० करोडको लागतमा निर्माणको सम्झौता भएको थियो ।

 

नागढुंगा सडक पनि अधिकारीले निर्माणको जिम्मा लिएका थिए । निर्माण कार्यसम्पन्न भइसक्नु पर्ने सडकको अबस्था अझै नाजुक छ । ढोलाहिटी, सुनाकोठी चापागाउँ जाने सकड पनि उनले निर्माण सकेका छैनन् । यस्ता दर्जनौ ठेक्का अधिकारीले हत्याएका छन् । तर उनले कुनैपनि योजना समयमा सम्पन्न गर्न सकेका छैनन् ।

 

समयमा योजना सम्पन्न गर्न नसकेको भन्दै अधिकारीलाई दैनिक डेढ लाख जरिवाना तिराउने गरेको भौतिक तथा योजना मन्त्रालयले दावी गरेको छ । मन्त्रालयले दैनिक डेढ लाख तिराउने दावी गरेपनि अधिकारीले कामलाई तिव्रता भने दिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...