जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार गरी हत्या प्रयास



हाम्रो इकोनोमि

 

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो ।

 

मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।

 

उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

 

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरु बताउँछन् ।

छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...