संघर्ष नभई मुलुकमा समृद्धि ल्याउन अघि बढौ : प्रधानमन्त्री ओली



 

 

आज नेपाल एउटा लामो यात्रा , एउटा लामो वलिदानीपूर्ण सघँर्षको यात्रा , सामाजिक परिवर्तन र अग्रगमनको यात्रा पार गरेर यस ठाउँमा आईपुगेको छ । आज हामी सघिँय लोकतान्त्रिक गणतन्त्रमा छौँ , आज जनतामाथी शासन गर्ने निरकुंश राजतन्त्र छैन ।

आज त्यसठाउँमा जनताले छानेको , देश बनाउने अभिभारा सुम्पिएको , जनताको वास्तविक अर्थमा प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको मजबुत बहुमतको सरकार छ ।

देशमा परिवर्तन आएको छ । त्यस कारण फेरी यि प्रतिकृयावादी तत्वहरु आत्एिका छन् । यो दिन आउन नदिनका लागि उनिहरुले हिजो रामवृक्ष यादव लगायत अनेकौँ जनताको नेताहरुको हत्या गरे , अगुवाहरुको हत्या गरे ।

बाटो देखाउनेहरुको हत्या गरे , यही दिन आउन नदिन । तर नेपाली जनताले विर शपूतहरु वीरविरगंनाहरु जन्माउँदै गयो । सघँर्ष जारी राख्यो । र प्रतिकृयावादीहरुलाई धुलो चटायो ।

आज जनता विजयी भएको छ । तर त्यो विजय भईसकेपछी पनि त्यसलाई अवज्ञा गर्न खोज्ने , त्यसलाई अपमान गर्न खोज्ने , त्यसलाई होच्याउन खोज्ने । भर्खरै जनताले त्यत्रो अभिमत दिएर बनाएको बहुमत केही होईन जस्तो ।

जनताको अभिमतबाट , अरुले गराएको चुनावबाट बहुमत प्राप्त गरेर बनेको सरकार असंबैधानिक जस्तो , गैर कानुनी जस्तो , यस प्रकारको ब्याख्या गनै खोजिरहेका छन् ।

जनताबाट निर्वाचित जनताको लागि काम गर्ने सरकार यसलाई कसरी बदनाम गर्न सकिन्छ , कसरी बिस्थापित गर्न सकिन्छ त्यस कोसिसमा छन् । आज हामी सतर्क हुनु पर्ने आवस्यकता छ ।

भ्रममा पर्नु हुँदैन , भ्रममा नपरीकन , भ्रमबाट मुक्त भएर समाजवाद तर्फ उन्मूख ब्यवस्था तिर अगाडी बढ्नु छ । के हो समाजवाद तर्फ उन्मूख भनेको ? समाजवाद तर्फ उन्मूख भनेको गफ गर्ने कुरा होईन ।

सजिलो कुरा होइन । सामाजिक असामनता र विभेद अन्त्य गर्ने कुरा हो । कोही पनि अब गरिव भनेर हेपिनु पर्ने , तल्लो जात भनेर हेपिनु पर्ने , अछुत भनेर हेपिनु पर्ने खालको अवस्था रहन सक्दैन ।

सबैले समान अधिकार र अवसर पाउँछन् । सबैले उतिकै सुरक्षा पाउँछन् । र सबैले उतिकै सम्मानित जीवन जिउन पाउँछन् ।

गरिवी हटाईनु पर्दछ । यो देशमा गरिवी हट्न सक्दछ । आज मरुभुमीका देशहरु धनि भएकाछन् । यस्तो उर्वर देश कसरी गरिव हुन्छ ? यसलाई शासकहरुले , तिनका गलत नियतले , गलत ब्यवहारले , गलत ब्यवस्थापनले कुशासनले गर्दा देश गरिव बन्यो ।

हामी ढुक्कले भनिरहेका छौँ अब देशबाट हामी गरिबीको अन्त्य गर्छौँ । किन ढुक्कले भनिरहेका छौँ ? यस कारणकी देश गरिव भईरहनु पर्ने कुनै कारण छैन । हामी सगँ नेपाली जनतालाई खान पुग्ने गरी अन्न उब्जाउने खेतहरु छन् ।

नेपाली जनतालाई पुग्ने गरी अझ धेरै पुग्ने गरी अन्न उब्जाउने खेतहरु छन् । सब्जि उब्जाउने खेतहरु छन् , बारीहरु छन् । फलफूल उब्जाउने बारीहरु छन् । र हामी सगँ थुप्रै कुरा , असाधरण आम्दानीका स्रोतहरु छन् ।

हामीसगँ अथाह नदीनालाहरु छन् , खोलानालाहरु छन् , तालहरु छन् । रुख जगंल विरुवाहरु छन् । अनि हामी उर्जा विजुली निकाल्न सक्दछौँ , बेच्न सक्दछौँ । हाम्रो हिमाली भेगको पानि मिनरल वाटर हो । त्यो हामीले उठाएर बेच्न सक्दछौँ ।
हामीसगँ धेरै चिजहरु छन् ।

हामीसगँ पेट्रोल खानी छ , हामीसगँ फलाम खानी छ , हामीसगँ तामा खानी छन् । अनि हामी पाता किन बनाउन सक्दैनौँ ? हामी रेल चलाउन किन सक्दैनौ ? हामी किन चलाउन सक्दैनौँ ? अब हामी कोशीमा पानी जाहाज चलाउँदै छौँ । धेरैलाई टाउको दुख्छ त्यो कुरा सुनेर ।

अचम्म मान्छन धेरैले । तर हामी छिटै कोशीबाट कलकता सम्म जहाजमा सामान ल्याउने लैजाने गर्दै छौँ । चार रुपैयाँ दश पैसामा एक केजी आउँछ भने अब एक रुपैयाँ सत्री पैसामा एक केजी आउँछ ।

त्यती फरक पर्छ । हामी पुर्वपश्चिम रेल कुदाउँदै छौँ । उतर दक्षिण रेल बनाउँदै छौँ । रक्सौलबाट काठमाण्डौ रेल लादैछौँ । नयाँ विमानस्थल बनाउँदैछौँ ।

काठमाण्डौबाट विमानस्थल जोड्ने फास्टट्रयाक बनाउँदै छौँ । भैरहवा विमानस्थल अब तयारी हुन लाग्यो । जनकपुर विमानस्थल राती पनि उड्ने गरी ब्यवस्था गरिने छ ।

जनकपुरमा कृषीको आधुनिकीकरण सम्बन्धि अघि भर्खर मैले बोलेँ । प्रदेश नम्बर लगायत देश भरिनै हामी कृषीको आधुनिकिकरणको अभियान चलाईरहेका छौँ । कृषीको आधुनिकीकरण , कृषीको ब्यवसायीकीकरण , उद्योग प्रविधीको प्रयोग कृषीमा ।

कृषीमा उथलपुथलको समय अब हामी ल्याउँदै छौँ । हामी युवाहरुलाई रोजगार दिनका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर तीन अरव भन्दा बढी , तीन सय करोड भन्दा बढी रकम हामीले छुट्याएका छौँ ।

हुलाकी राजमार्ग बनाउँदै छौँ , रेल बनाउँदै छौँ । अर्को राजमार्गलाई चौडा गर्दैछौँ , अर्को मदन भण्डारी राजमार्ग अलिकती मास्तिरबाट बनाउँदैछौँ । र देशमा आर्थिक गतिविधी , उद्योगहरुको स्थापना , बिशेष औधोगिक क्षेत्रको स्थापना, आयात प्रतिस्थापन गर्ने लगायत आफूले उपभोग गर्ने वस्तुहरुको यहाँ उत्पादन गर्ने कामहरु हामी गर्छौँ ।

दुई नम्बर प्रदेश पर्यटकिय हिसावले जानकीको जन्मस्थल , छिन्नमस्ता , गढीमाई आदी धार्मिकस्थलहरु भए । यस्तो ठाउँ कहाँ छ ? जसलाई मर्मत सम्भार गरेर आकर्षकस्थलको रुपमा परिणत गरेर पर्यटकवृदी गर्न सकिन्छ । यस्ता अनेक ठाउँहरु छन् ।

हामीसगँ अनेक नदीहरु छन् । यस बाहेक मैले अघि प्रदेशसभालाई सम्बोधन गर्दा पनि भनेँ , हामी तराईलाई मरुभुमी बन्न दिदैनौँ । तराईको पानीहरु जमिनको सतहमुनी तलतल जाँदैछ ।

अब यसलाई अन्त्य गर्नका लागि सुनकोशी मरिन कमला डाईभर्सन सिचाईँ र अरु विद्युतका अनेक प्रवन्धहरु यसबाट हुन्छन् । यसबाट उत्पादन बृदी हुन सक्दछ । र हामी ठुलो स्केलमा आँप खेतीबाट , ठुलो स्केलमा निर्यात गर्न सक्छौँ । आँप लिच्चिहरु हाम्रोमा फल्छ ।

यति मिठो आँप दुनियाँमा कहीँ पनि फल्दैन , जुन हाम्रोमा फल्छ । कुनै यस्ता ठुलाठुला देशहरु छन् जहाँ आँप फल्दैन । अमेरिका ठुलो देश छ , बलियो देश छ , विकसित छ तर आँप फल्दैन । हामी त्याहाँ आँप पठाउन सक्छौँ ।

क्यानडा सन्सारको दोश्रो ठुलो देश हो , जनसख्याँ अलिकति कम भए पनि । र सन्सारको सबभन्दा ठुलो आकारको देश हो त्याहाँ पनि आँप फल्दैन । आँप मिठो नलाग्ने मान्छे सुगर हाई भएको मात्रै हो अरु कोही पनि हुँदैन । आँप सबैलाई मिठो लाग्छ ।

हामीले पठाउन सक्नुपर्छ ति देशहरुमा । तर हामीसगँ थोरै हुन्छ हामी पठाउन सक्दैनौँ । त्यसकारण हाम्रो यहाँ खेर जान्छ ।

हामीले कसरी देशको कायापलट गर्ने ? त्यसकुरामा हाम्रो ध्यान केन्द्रित गरेका छौँ , सरकारको ध्यान केन्द्रित गरेका छौँ , पाटी त्यस कुरामा केन्द्रित छ । यिनै उदेश्यहरुलाई सफल पार्नका लागी , देशमा सुसासन ल्याउनका लागी , भ्रष्टहरुलाई ठेगान लगाउनका लागि , भ्रष्टचार रोक्न र हुन नदिनका लागि भ्रष्टचार नियन्त्रण गर्नका लागी कम्युनिष्ट सरकार बनेको हो ।

नत्र जसको सरकार बनेको भए पनि हुन्थ्यो, कम्युनिष्ट सरकार किन चाहियो ? भ्रष्टचारै हुने हो भने चाहिने थिएन त्यस कारण भ्रष्टचार रोक्न कम्युनिष्ट सरकार चाहियो । भ्रष्टचार कम्युनिष्ट सरकारले रोक्छ , सुसासन दिन्छ ।

तपाँईहरुलाई एउटा कुरा बताउँ । आज हामी शहिद रामवृक्ष यादवलाई श्रदाञ्जली दिईरहेका छौँ । सयोंगबस चुनाव अगाडी म वाहाँको घर अगाडीको बाटो हिँड्दै थिएँ कसैले मलाई भन्यो दुई महिना जति अगाडी रामवृक्ष यादवजीको हत्या भयो । वाहाँको हत्या भएको ठाउँहरुको बारेमा मलाई बताईयो ।

त्यसपछी वाहाकोँ परिवारको को हो मलाई सम्झना छैन अहिले महिला जस्तो लाग्छ वाहाँसगँ मैले भेटेर कुराकानी गरेँ एकछिन र त्यस पछी म हिँडेँ । सम्भबत त्यसको एक महिना पछी म गृहमन्त्री भएँ । म गृहमन्त्री भए पछी नौ महिना गोली चलेन , मान्छे मरेनन् ।

कोदालो बञ्चरोले हानेर मान्छे मार्न पनि कुनै अपराधीलाई आँट आएन । किन भने त्यो कम्युनिष्ट सरकार थियो , कम्युनिष्ट प्रधानमन्त्री थियो । त्यो भन्दा अगाडी १ सय २२ जना गोली हानेर मार्या थियो ।

त्यतिबेला म जुन पार्टीको नेतृत्व गरिरहेको थिएँ , सदस्य थिएँ ती पार्टीको मात्रै ३० हजार कार्यकर्ता माथी मुद लागेको थियो । ७५ जिल्लामै , कुनै जिल्ला खाली थिएनन् । २०४८ पछी , लोकतन्त्र आएपछी सबै जिल्लाका ३० हजार नेता कार्यकर्तामाथी मुद लागेको थियो । शान्तिपूर्ण जुलुश प्रदर्शनमा १ सय २२ जनालाई गोली हानेर मारिएको थियो , लोकतन्त्रको नाममा लोकतान्त्रिक भन्ने पार्टीको ब्यवहार त्यस्तो थियो ।

अहिले शान्ति स्थापना भएको छ । हुँदै आएको छ । उचाल्न सकिएन , आगो फुक्छन र पनि ढल्छ फेरी खत्म हुन्छ । आत्एिकाछन अहिले । लोकतन्त्र खत्म भो अरे अधिनायकवाद आयो रे । त्यसो हुँदा उतिबेला अधिनायकवाद आएन अहिले अधिनायकवाद आयो ? भ्रष्टचार गर्न पाईदैन अधिनायकवाद आयो । मैले भनेको छु । यस ठाउँमा । प्रदेश नम्बर दुईमा खास गरी ।

बिश्व विद्यालयको स्थापना गरिने छ । पहिले राजर्षी जनक विश्व विद्यालय घोषणा गरियो । तर विश्व विद्यालय चलेन । निजि क्षेत्रका केही क्याम्पसहरु जोडिए त्यसमा चल्ने गरी चलाईएन । मेडिकल कलेज छैन । यस ठाउँमा चल्ने गरी अश्पताल, मेडिकल कलेज , विश्व विद्यालय र वालवालिकाहरुको घर आवस्यक छ ।

दुख लाग्दो कुरा छ यस ठाउँको । यस दुई नम्बर प्रदेशमा समग्रतामा भन्ने हो भने , मैले अघि जनकपुरमा पनि भनेँ । २६ प्रतिशत मान्छेले मात्रै शौचालय प्रयोग गर्छन ७४ प्रतिशत मान्छे शौचालय प्रयोग गर्दैनन् । अवस्था त्यो छ ।

४१ प्रतिशत जम्म साक्षरता छ ५९ प्रतिशत निरक्षर छ जनता । चुनौती छैनन हैन अप्ठ्यारा छैनन हैन । देश भरी सरदर गरिवी हेर्ने हो भने २१ प्रतिशत छ प्रदेश नम्बर २ जस्तो उर्वर ठाउँमा ४२ प्रतिशत गरिवी छ । कस्तो विडम्बना छ । र मैले प्रदेशसभामा सम्बोधन गर्दा भनेँ , अब सघँर्ष सघँर्ष होईन सबै मिलेर समृदी ल्याउनु पर्छ विकासको बाटोमा लाग्नु पर्छ । अब गरिवी हटाउँने अभियानमा लागौँ, बराबर हर्षको समय ल्याउनुपर्छ । मुद खोजेर हिँड्ने होईन ।

मुदबाट अस्तित्व जोगाउने होईन काम र ब्यवहारबाट अस्तित्व बढाउने काममा लागौँ । म आग्रह गर्न चाहान्छु । तर म भन्न चाहान्छु अब यस देशमा कम्युनिष्ट सरकार बनेको छ त्यस कारण ४१ प्रतिशत साक्षरता जस्तो कुरा यस ठाउँमा प्रदेश नम्बर २ जस्तो सुगम ठाउँमा यो कुरा हामीलाई सैह्य छैन यो अवस्थामा हामी तिब्र परिवर्तन ल्याउँछौँ ।

अब फुसको छाना रहिरहन नदिनका लागि , फुसको छाना हटाउनका लागि, टिन किन्नका लागि ५० हजार अनुदान दिन्छ सरकारले तपाँईहरुलाई । यो देशमा गरिवको सरकार छ । अव केही आतिन्छन् फेरी , अधिनायकवाद आउन लाग्यो , ५० हजार रुपैयाँ गरिवलाई टिन किन्न दिन लाग्यो भनेर ।

यो सरकार ब्यवहारिक ढगंले गरिबी हटाउने । आजको समयमा दुनियाँमा हुँदैन ४२ प्रतिशत गरिवी । प्रदेश नम्बर जस्तो उर्वर ठाउँमा कसरी ४२ प्रतिशत गरिवी भो ? आज यही प्रदेशका मात्रै ७ लाख युवाहरु प्रदेशमा छन् , विदेशमा बस्छन् । तिनीहरुलाई तालिम दिने , तीनीहरुलाई सरकारले अब विभिन्न शिपमुलक तालिमको ब्यवस्था गर्छ ।

अब कम्युनिष्ट पार्टीले सिदान्तर र सगंठनको मात्रै कुरा गर्ने होईन , आन्दोलनको कुरा गर्ने होईन । अब हामीले राजनीतिक अधिकारको आन्दोलन सविंधान निर्माण गरेर सरंचनाहरु तयार गरेर तिनै तहको चुनावहरु गरेर जनप्रतिनीधिहरु पठाएका छौँ , अब गरीबी हटाउन , निरक्षरता हटाउन , पछौटेपन हटाउनका निम्ती काम गर्नु पर्छ । दुई नम्बर प्रदेशमा उद्योग कलकारखान पनि खोल्दै जाने छौँ । मैले प्रदेश सरकारलाई भनेको छु , प्रदेश सरकारबाट प्रस्तावहरु पठाउनुस् । बजेटको धेरै समस्या हुँदैन ।

हामीले रेल यहीँबाट चलाउँदै छौँ पुर्वपश्चिम । यहीँबाट हामी राजमार्ग चौडा गरिराखेका छौँ । हुलाकी राजमार्ग केही बर्ष भित्रै तयार हुँदैछ । सिँचाईको प्रवन्धको बारेमा मैले भनेँ । म आग्रह गर्न चाहान्छु , अब हामी आफै पनि जागरुक हुनु पर्यो । हामी आफैले पनि आफ्नो ठाउँ सच्याउनु पर्यो । हामीले आफ्ना दिदी बहिनीहरुलाई आमाहरुलाई बोक्सि भन्न छाड्नु पर्यो ।

दहेजको लोभमा फस्न छोड्नु पर्यो । हामी आफैले आफूलाई पनि हेर्नु पर्यो , आफै पनि सप्रिनु पर्यो । नत्र भने देश कसले बनाउँछ , हामीलाई सुखको दिन कसले ल्याँउछ ?हामीलाई सभ्यताको दिनमा कसले पुर्याँछ ? सीता जन्मिएको पवित्र ठाउँ , गार्गीले वहस गरेको ठाउँ , ज्ञान विज्ञानको , दर्शनको बहस गरेको , जीवन जगतको बहस गरेको ठाउँ । यस्तो ठाउँमा आज हामी महिलाहरुलाई अपमान गर्छौँ भने हामी सभ्यताको हिसावले काहाँ झरेउँ ? कहाँ थियौँ हामी काहाँ भर्यौँ ? हामीले आफूलाई सम्झनु पर्दछ । त्यसरी झर्नु हुँदैन ।

हामी तिनै गार्गीका सन्तानहरु हौँ , तिनै सीताका माईतीहरु हौँ । हामी सभ्य छौँ । यस कारण म आग्रह गर्न चाहान्छु । हामीले एकतावद् भएर अगाडी बढ्नु पर्दछ । हामीले कम्युनिष्ट पार्टी एकतावद् गरेका छौँ , यो केका लागि ? यस देशलाई ठिक बाटोमा अगाडी बढाउनका लागी । प्रतिकृयावादीहरु हाम्रा बीचमा खेल्ने । हामीलाई फुटाउने । अनि आफू एकतावद् भएर मजवुद स्थितीमा पुग्ने र हामी माथी रा जगर्ने । तर हामी मिलेर देखाईरहेका छौँ ।

तर हामी तपाईँहरुले , नेपाली जनताले सुम्पिएको जिम्मेवारी , तपाँईहरुलाई पछुतो हुने छैन । कम्युनिष्ट सरकार बनेर , कम्युनिष्ट सरकारको प्रधानमन्त्रीले , भ्रष्टचार गर्यो भनेर सुन्नु पर्ने छैन । त्यसै गरेर मन्त्री परिषद कसैले पनि , मैले भनेको छु कसैले कहीँ पनि भ्रष्टचार गर्यो भने अनुहार हेरिने छैन । भ्रष्टचारमा कसैप्रति सहनसिलता हुँदैन , सहिष्णुता हुँदैन । यसर्थ हामी सुसानको पक्षमा छौँ । शान्ति सुव्यवस्थाको पक्षमा छौँ ।

यस देशको सार्वभौमसत , भौगोलिक अखण्डता ,तपाँईहरु कुनै भ्रममा नपर्नु होला ।अनेकथरी तत्वहरु भौगोलिक अखण्डतालाई चुनौती दिने तत्वहरु , देश टुक्रयाउने खोज्ने तत्वहरु भित्रभित्रै सलबलाउन सक्दछन् । हाम्रा युवाहरुलाई अनेक ढगंले भड्काउन सक्दछन् । होशियार रहनुहोला ।

दुनियाँमा बिभिन्न ढगंले लडाएर , घृणाको खेती गराएर , आपसमा लडाएर हतियार बेचेर हामीलाई कुल्लि र भरिया बनाएर आफ्ना स्वार्थहरु पुरा गर्ने अनि त्यो द्वन्द ब्यवस्थापन गर्न आईरहने र द्वन्द ब्यवस्थापनको ब्यवसाय चलाईरहने । यस्ता खालका तरिकाहरु दुनियाँमा छन् । यि कुराहरुमा हामी होशियार रहनु पर्दछ । हाम्रो देश बिविधयुक्त देश छ ।

भौगोलिक विविधता र विभिन्न ठाउँमा हामी बस्छौँ । बिभिन्न जाती भाषा , बिभिन्न आस्था ,बिभिन्न साँस्कृतिक परम्पराहरुमा हामी आवद् छौँ । बिभिन्न पेशामा हामी आवद् छौँ । त्यसले केही फरक पार्दैन हामी नेपाली हौँ । जुन ठाउँमा छौँ त्याहाँको परिचय स्वभाविक रुपमा हुन्छ ।

दार्चुलाको मान्छेले आफूलाई दार्चुलाको भन्छ , सप्तरीको मान्छेले आफूलाई सप्तरीको भन्छ , वाराको मान्छेले आफूलाई वाराको भन्छ , धादिगंको मान्छेले आफूलाई धादिगंको भन्छ । तर त्यसले हाम्रो राष्ट्यि एकतामा फरक पर्दैन । र हामीले एकतावद् भएर गरिवी हटाउनु पर्दछ । पछौटेपन हटाउनु पर्दछ । आधुनिक सम्बृद् विकसीत नेपाल बनाउनु पर्दछ । र सभ्य नेपाल बनाउनु पर्दछ । यसका लागि कम्युनिष्ट पार्टी एकता भएर हैसियतका साथ सही दिशा तर्फ अगाडी बढेको छ ।

आज हामी शहिदले हिँडेको बाटो हिँडेका छौँ कि छौनौँ भनेर शकां दुविधा गर्ने अवस्था होईन । पार्टी एकता हुनु , एकतावद् हुनु , एकतावद् भएर प्रतिकृयावादीहरुलाई चुनौति दिनु र पराजित गर्नु सहिदले भनेको बाटो होईन ? हामीले छोडेर गल्ति गरेका छौँ ? या हामी शहिदले हिँडेको बाटो भनेर त्यसबेला सानो पार्टी थियो भनेर सानैमा बस्नु पथ्र्यो ? त्यस बेला विभाजित थियो भने विभाजितै रहनु पथ्र्यो ? होईन ।

हामी एिकजुट हुनु पर्दथ्यो । शहिदले हिँडेको बाटो हिँडेर हामीले प्रतिकृयावादीसगँ लडेका थियौँ । शहिदले भनेको बाटो हिँडेर हामीले प्रतिकृयावादीहरुलाई पराजित गरेका छौँ । सफलता हासिल गरेका छौँ । र अव हामीहरु शहिदको सपना साकार पार्ने बाँकी काम पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ । त्यसकारण शहिदले देखाएको बाटो भन्दा पर हामी हटेका छैनौँ ।

हामी सरकारमा पुगेर , सतमा पुगेर लोभका पछाडी , पापका पछाडी , आयआर्जनका पछाडी , कमाउ धन्दाका पछाडी , नातावाद कृपावादका पछाडी , आफन्त पोस्नेका पछाडी कुदिरहेका छैनौँ । छ भने तपाँइहरुले एउटा प्रमाण देखाईदिनु भए हुन्छ । तपाँइहरुको अगाडी एउटा पार्टीको अध्यक्ष बोल्दै छ , देशको प्रधानमन्त्री बोल्दैछ ।

यहाँनिर यो गल्ति छ भन्दा हल्ला चलाईन्छ , मधेश विरोधी भनिन्छ । के हो मधेश विरोधी भनेको ? मधेशमा बजेट पठायो भने मधेश विरोधी ? के गर्दा मधेश विरोधी ? मधेशमा शान्ति हुनु पर्छ भन्दा विरोधी ? के गर्दा ? त्यस कारण यो हल्लाको पछाडी लाग्नुपर्ने कुनै आवस्यकता छैन । मधेशका जनता जो पछाडी परेका छन् तिनको जीवनस्तर परिवर्तन गर्ने र माथी उठाउने , त्यो जिम्मा लिएर हामी अगाडी बढेका छौँ । हामी सही बाटोमा छौँ । ढुक्कले साथीहरु अगाडी बढ्नुस् । मेरो हार्दिक आग्रह अनुरोध छ ।

मलाई लाग्छ मैले भन्नु पर्ने धेरै कुराहरु भनिसकेको छु । सफलताका साथ हामीले पार्टीलाई ल्याएका छौँ । दुई तिहाईको सरकार बनाएका छौँ । दुनियाँको ईतिहासमा यतिबेला , आजको दुनियाँमा , प्रतिकुया शक्तिहरु दुनियाँमा हावि भए भनिएका बेला तिनै तहका निर्वाचनमा हामीले प्रतिकृयावादीहरुलाई बढारिदिएका छौँ । स्थानिय तहमा बढारीदिएका छौँ । प्रदेशमा बढार्देका छौँ ।

केन्द्रमा बढारेका छौँ । यो सफलता त्यतिकै हो र ? यो सफलता कुनै भुलचुकले प्राप्त भएको हो र ? यो सफलता ख्याल ख्यालमा प्राप्त भएको हो र ? म याहाँहरुलाई भन्न चाहान्छु , यो ख्यालख्यालमा होईन । म आग्रह गर्न चाहान्छु , एकदमै आत्वविश्वासका साथ , ढुक्क भएर , पार्टीप्रति बिश्वस्त रहेर भन्न चाहान्छु यो पार्टी लिडरशिपले तलमाथी गर्दैन ।

म कामरेड प्रचण्डलाई धन्यवाद भन्न चाहान्छु । अत्यान्तै ऐतिहासिक र महान काम सम्पन्न भएको छ आज । विवादलाई टुग्यांएर पार्टी एकता गरेका छौँ । अव कोही कम्युनिष्टकमा नाममा एक दुई जना मान्छे कतै रहेको हुन सक्छन् । वाहाँहरु नरहे हुन्थ्यो । तर त्यो एउटा आन्दोलनको रुपमा होईन ।

आन्दोलनको रुपमा जो हिजो दुई धार थियो , ससक्त सगंठनका रुपमा दुई धार थिए । विभिन्न धाहरुलाई समेटेर दईवटा धारका रुपमा थिए । ति धारहरुलाई मिलाएर एउटा ऐतिहासिक काम र एउटा ऐतिहासीक अभिभारा पुरा भएको छ । यस काममा कामरेड प्रचण्डले जुन भुमिका खेल्नु भएको छ म अत्यान्तै प्रशसां गर्न चहान्छु र धन्यवाद भन्न चाहान्छु ।

जो सुकैले भए आँट गर्ने पनि थिएन होला । प्रचण्डिजी एउटा जनयुद् पनि सञ्चालन गर्न आँट गर्ने , त्यसलाई विसाउन पनि आँट गर्ने । विसाउनु फेरी सानो कुरा छैन । युद् गर्न पनि तयार हुने युद्विरा मगर्न पनि तयार हुने , युद् टुग्याँउन पनि तयार हुने शान्ति स्थापना गर्न पनि तयार हुने । परी आयो भने भिड्न पनि तयार हुने । आवस्यकता पर्यो भने महान एकताका लागि पहल पनि गर्ने । यो बिशेषता वाहाँमा देखियो । र मैले वाहाँलाई धन्यवाद भनेको हुँ । वाहाँको सहमती हुँदैन थियो भने एक हातले मात्रै ताली बन्दैनथियो , वाहाँको पनि चाहिन्थ्यो हात । हामी दुइजनाले त्यो प्रयास गर्याँँै । म वाहाँलाई बिशेष धन्यवाद भन्न चााहान्छु । एकतामा वाहाँको असाधरण योगदान रहेको छ ।

म साथीहरुलाई फेरी एक पटक भन्न चाहान्छु । पार्टीप्रति ढुक्क रहनुस् । यो पार्टी माक्र्सवादी दर्शनमा चलेको पार्टी हो । माक्र्सवादी लेनिनवादी सिदन्तमा चलेको पार्टी हो । नामको कुरा गर्नु हुन्छ भने मेरो नाम दुई दर्जन जति थियो । भुमिगत कालमा एउटा गाउँमा एउटा नाम , अर्को जिल्लामा एउटा नाम , एउटा समयमा एउटा नाम , अर्को समयमा अर्को नाम ।

नामका कुरा छोडिदिउँ । गन्तव्य के हो ? जाने काहाँ हो ? गर्ने के हो ? सिदन्त के हो ? बाटो के हो ? कार्यदिशा के हो ? कुनै तल माथी छैन । कहिले कहिले कस्तो हुन्थ्यो भने मालेबाट एमाले बनाउँदा हामीलाई बडा गार्हो परेको थियो । कोअडिनेसन केन्द्रबाट माले बनाउँदा यस्तो मुस्किल भएन । त्यो कोअडिनेसन केन्द्र कसरी छोड्ने भनेर बडा पिर पर्यो । उत्पात भो त्यो नामको वारेमा ।

गितहरु बनाईयो आयो एमाले भनेर । त्यो बानी परेकोछ, एमाले छोड्नै मान्दैनन् साथीहरु । आयो एमाले आयो एमाले गित गाउने गरेको अहिले नेकपा मात्रै भन्दा के पुगेन के पुगेन । नुन पुगेन , तरकारी पुगेन, खोर्सानी पुगेन , मसला पुगेन के पुगेन के पुगेन भन्दैछन् साथीहरु ।

नामका पछाडी नकुदै कामका पछाडी कुदौँ । हाम्रा लक्ष्य , हाम्रा उदेश्य , हाम्रो गन्तब्य , हाम्रो सिदन्त छोडेको छ हामीले ? हामीले दर्शन , सिदन्त , नीति , विचार , रणनीति , कार्यनीति कुनै हिसावले केही छोडेको छ ? छोडेको छैन ।

र हामी आधा सताब्दी अघि बढी समय देखी यि कुराको हिसाव किताव गरिरहेका छौँ र माक्र्सवादले भनेको गतिसिलता अनुसारनै आज पार्टी एकतावद् भएको छ । त्यसकारण सवै विश्वस्त हुनुस् । अन्तमा शहिद रामबृक्ष यादवप्रति श्रदशुमन अर्पण गर्न चाहान्छु ।

प्रस्तुती : सन्तोष बराइली / विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा