अत्याधुनिक हतियारसहित नेपाल आउँदै भारतीय प्रम मोदी



हाम्रो इकोनोमि

 

काठमाडौंमा आउँदो भदौं १४ देखि विमस्टेक सम्मेलन शुरु हुँदैछ । सम्मेलनमा भाग लिनका लागि बंगलादेश, भुटान, भारत, म्यानमार, थाइल्याण्ड श्रीलंकाका प्रधानमन्त्री वा राष्ट्र प्रमुख नेपाल आउने कार्यक्रम छ ।

 

दुई दिन चल्ने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन् ।

सम्मेलनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन माइन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आफ्नै देशका सुरक्षाकर्मी र हतियारसँगै ल्याउने भएका छन् ।

 

सम्मेलनमा सहभागि हुन पूर्व उनीहरुले परराष्ट्र मन्त्रालयमार्फत आयोजक राष्ट्र नेपाललाई यस विषयमा जानकारी गराइसकेका छन् । कति जना सुरक्षाकर्मी र कुन हतियार ल्याउने भन्ने विषय उनीहरुले खुलाएका छैनन् । ‘आफूहरुसँगै ल्याउने सुरक्षाकर्मी र हतियारबारे उनीहरुले केहि दिनमा नै लिखित जानकारी दिने छन्’, गृह मन्त्रालयका एक उच्च भने, ‘विमानस्थलमा खटेका प्रहरीले हतियारका बारेमा जानकारी लिन्छन् ।’

 

हतियार कति ल्याए, सँगै लैजान्छन् कि लैजाँदैनन् यस विषयमा विमानस्थलमा खटेको विशेष प्रहरी युनिटले कडा निगरानी राने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । पहिला पहिला भारतले मात्रै सुरक्षाकर्मी र हतियार ल्याउने गर्दथ्यो । अहिले भारतको देखासिकी गरेर अन्य देशहरुका प्रमुखले पनि आफ्नै सुरक्षाकर्मी र हतियार ल्याउन लागेका छन् । अन्य देशहरुले भने आफ्नो सुरक्षाकर्मी ल्याउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...