निर्मला हत्या प्रकरण : यसरी फस्दैछ प्रहरी, छिमेकी भन्छन्–दिलीपसिंह निर्दोष



 

 १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानबारेको विवाद झन् बढ्दै गएको छ । प्रहरीको

कार्यशैली र प्रस्तुतीका कारण विवाद झन् बढेको हो । घटनाको अनुसन्धानबारे असन्तुष्टि बढेपछि प्रहरीले अब अभियुक्तको डिएनए परीक्षण गर्ने भएको छ । पक्राउ परेका अभियुक्त दिलीपसिंह बिष्टको डिएनए परीक्षण गर्न लागेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

 

डिएनए परीक्षणबाट उनले नै बलात्कार गरेको हो अथवा होइन भन्ने पुष्टी हुने बताईएको छ । निर्मलाको बलात्कार तथा हत्या गरेको आरोपमा  प्रहरीले ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरेको छ । स्थानीयले भने, उनी वास्तविक अभियुक्त नभएको दावी गरेका छन् ।

 

प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दा नै मानसिक अवस्था ठिक नभएको बताएपछि आफन्त तथा स्थानीयले अझ शंका गरेका हुन् । उनीहरुले झुठा व्यक्ति पेश गरेर झुक्याउन खोजेको भन्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् । आफन्त तथा स्थानीयले जिल्लाको सिडिओ र एसपीको सरुवाको समेत माग गरेका छन् ।

 

गएको साउन १० गते १३ वर्षीया पन्तलाई एक्लै देखेपछि विष्टले बलात्कार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।  उनी यौन विक्षिप्त व्यक्ति भएको र  एकान्तमा महिला देख्ने वित्तिकै यौनअंग देखाउने गरेको प्रहरीको विज्ञप्तीमा जनाएको छ ।
बाटोमा एक्लै किशोरीलाई देखेपछि बलात्कार गरेको र पक्राउ पर्ने डरले हत्या गरेको अभियुक्तले बताएका छन् । तर, प्रहरी अनुसन्धानबारे स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् ।

 

आफन्तले उजुरी दिन मानेनन् 
मृतकका आफन्तले बिष्टविरुद्ध उजुरी दिन अस्वीकार गरेका छन् । उनीहरुले वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै उजुरी दिन नमानेका हुन् ।

अभियुक्तलाई पक्राउ गरेपछि प्रहरीले निर्मलाका बुबालाई बोलाएर उजुरी दिन भनेका थिए । तर, झुठा व्यक्ति खडा गरेको भनेर उनी उजुरी नै दिन्न भनेर प्रहरीसँग रिसाएर बाहिर निस्किए ।

 

मृतकका आफन्तले स्थानीय आँचन भन्ने रोशनी बमलाई जोगाउन खोजेको आरोप लगाएका छन् । बमकै घरबाट फर्कदा निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

 

छोरी हराएपछि बमको घरमा गएका आमा बाबुलाई उनले ‘पोइला गई होला’ भन्ने जवाफ दिएकी थिइन् । त्यही कारण उनीप्रति मृतकका आफन्तले शंका गरेका हुन् ।

 

एसपीको कार्यशैलीले विवाद बढ्यो
निर्मला हत्याको घटनामा स्थानीयहरु पहिलेदेखि नै असन्तुष्ट रहनुको मूल  कारण कञ्चनपुरका एसपी दिल्लीराज बिष्टको कार्यशैली पनि हो । उनीसँग पहिलेदेखि नै स्थानीय असन्तुष्ट थिए । कतिपय घटनालाई निष्पक्ष रुपमा अनुसन्धान नगरेको तथा बोली व्यवहार पनि राम्रो नगरेकाले स्थानीयहरु रिसाएका हुन् ।

 

छिमेकी भन्छन्–दिलीपसिंह निर्दोष
निर्मला हत्याबारे एकपछि अर्को कुरा बाहिर आईरहेका छन् । महेन्द्रनगर बजारबाट ५ किलोमिटर पर भीमदत्त–१९ धर्मभक्त टोलमा हो दिलीपसिंहको घर । छिमेकी शान्ता सुवेदीले ‘निर्दोषलाई फसाउन नदिनुस् । उसको रुने–कराउने कोही छैन । बोलिदिने पनि कोही छैन । मानसिक सुन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने कोही नभएका कारण प्रहरीले उसलाई फसायो’ भनिन् ।

 

उनलाई सानैबाट चिनेकी वृद्धा लक्ष्मी विष्टको कुरा सुन्ने हो भने, दिलीप महिला नजिक पनि लान लजाउने, सबैसँग डराउने, अहिलेसम्म कुनै महिलाप्रति नराम्रो व्यवहार नगरेकोसम्मको चालचलन छ ।

 

उनले अगाडि भनिन्, ‘खानेकुरा दिँदा पनि सोझै हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो ।’ झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छोडेर हिँड्ने गरेको स्थानीय सीतादेवी थापाले बताईन् ।

 

दिलीपका बुबा कमलसिंह विष्ट ८२ वर्ष पुगे । तर, उनी मानसिक अवस्था गुमाएको छोरालाई झुठा आरोप लगाएकोमा निकै दुःखी छन् । उनले छोराको मानसिक अवस्था विग्रिएको कुरा पनि सुनाए । उनले भने, ‘मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ । उसले कसैको केही विगार्दैन थियो । सानोमा पढाइमा अब्बल थियो । ९ कक्षा पढ्ने बेला कुटाई खाएपछि मानसिक सन्तुलन गुमायो ।’

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा