नेपाली सेनाको खातामा ४१ अर्ब भन्दा बढी रकम



हाम्रो इकोनोमि

 

 

नेपाली सेनासँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपैंयाँ रकम रहेको छ ।

बुधबार नेपाली सेनाको जङ्गी अड्डामा सैनिक कल्याणकारी कोषले पत्रकार सम्मेलन गरी आफूसँग भएको नगद र लगानी रकम सार्वजनिक गरेको हो । यसैगरी समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाबाट २२ करोड ९० लाख ६७ हजार रुपियाँ रकम सावाँ रकम स्वरुप प्राप्त गर्नुपर्ने स्थितिमा रहेको पनि कोषले बताएको छ ।

 

मौज्दात रहेको रकममध्ये नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार रहेको छ भने लगानीतर्फ ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार छ । गत बर्ष कोषको कूल रकम ३४ अर्ब ५६ करोड ६१ लाख ५७ हजार रहेकोमा त्यसमा बृद्धि भई ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार पुगेको हो ।

 

यस हिसावले एक बर्षको अवधिमा सैनिक कल्याणकारी कोषले विभिन्न बैंकमा राखेको रकमबाट ब्याज र अन्य आम्दानीबाट नेपाली सेनालाई १ अर्ब रुपैंयाँ भन्दा बढी नाफा भएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...