नेपाली सेनाको खातामा ४१ अर्ब भन्दा बढी रकम



 

 

नेपाली सेनासँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपैंयाँ रकम रहेको छ ।

बुधबार नेपाली सेनाको जङ्गी अड्डामा सैनिक कल्याणकारी कोषले पत्रकार सम्मेलन गरी आफूसँग भएको नगद र लगानी रकम सार्वजनिक गरेको हो । यसैगरी समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाबाट २२ करोड ९० लाख ६७ हजार रुपियाँ रकम सावाँ रकम स्वरुप प्राप्त गर्नुपर्ने स्थितिमा रहेको पनि कोषले बताएको छ ।

 

मौज्दात रहेको रकममध्ये नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार रहेको छ भने लगानीतर्फ ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार छ । गत बर्ष कोषको कूल रकम ३४ अर्ब ५६ करोड ६१ लाख ५७ हजार रहेकोमा त्यसमा बृद्धि भई ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार पुगेको हो ।

 

यस हिसावले एक बर्षको अवधिमा सैनिक कल्याणकारी कोषले विभिन्न बैंकमा राखेको रकमबाट ब्याज र अन्य आम्दानीबाट नेपाली सेनालाई १ अर्ब रुपैंयाँ भन्दा बढी नाफा भएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा